आरतीको न्यायका लागि वीरगन्जमा जनमतका युवाहरूको प्रदर्शन

आरतीको न्यायका लागि वीरगन्जमा जनमतका युवाहरूको प्रदर्शन
सुन्नुहोस्

वीरगन्ज : धनुषामा दाइजोको निहुँमा ज्यान गुमाएकी आरती साहको न्यायका लागि जनमत पार्टीका युवाहरूले वीरगन्जमा प्रदर्शन गरेका छन्।

आरती साहको न्यायका लागि जनमत पार्टी निकट जनमत युवा संघ वीरगन्ज महानगर समितिले बिहीबार साँझ घण्टाघर चोकमा नाराबाजी गर्दै प्रदर्शन गरेको हो। 

प्रदर्शनमा सहभागी जनमतका युवाहरूले आरती साहलाई न्याय दे , दोषीलाई कारबाही गर, आरती साहको परिवारजनसँग दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर लगायतका नारा लगाएका थिए।

नाराबाजीपछि आयोजित कोणसभामा बोल्दै जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओम प्रकाश सर्राफले दाइजोको निहुँमा मारिएकी आरती साहको न्यायका लागि उनका माइती पक्षका परिवारजन काठमाडौंको सडकमा ६२ दिनदेखि धर्नामा बस्दा पनि सरकारले उनीहरूको पीडा र आवाज सुन्न नसक्नु दुःखद भएको बताए। 

दोषीहरूलाई पक्राउ गरी कारबाही नगरिए जनमत पार्टीले देशैभर आन्दोलन चर्काउने चेतावनीसमेत उनले दिए। जनमत युवा संघका नेता सन्जय सिंहको संयोजकत्वमा भएको प्रदर्शनमा जनमत पार्टीका पर्सा सहइन्चार्ज मुकेश द्विवेदी, नेतृ करिमा बेगम, युवा नेता कन्हैया झा, राजनारायण मिश्र, विद्यार्थी नेता राजुराज गिरी लगायतको पनि सहभागिता थियो।

दाइजोको निहुँमा आरती साहको हत्या गरेर झुन्ड्याइएको भन्दै उनका माइती पक्षले उजुरी लिन अटेर गर्दै उल्टै आफूहरूमाथि कुटपिट गर्ने धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक  वेदप्रसाद गौतमलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआईबीद्वारा जाँच हुनुपर्ने, जाहेरी दिएका सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेर काठमाडौंको माइतीघरमा विगत ६२ दिनदेखि धर्नामा बसेका छन्। 

धनुषाको नगराइन नगरपालिका–८ खिरखिरियाकी आरती र जनकपुरधाम–९ थापाचोकका मोतीबाबु साहबीच २०७८ असार २९ मा मागी विवाह भएको थियो। विवाहको केही समयपछि पति मोतीबाबुले आरतीलाई दाइजोको दबाब र यातना दिन थालेका थिए। 

गत जेठ ७ गते आरती घरको कोठाभित्र पंखामा सलको पासो लगाएको अवस्थामा मृत भेटिएकी थिइन्। माइती पक्षले उनको आत्महत्या नभई दाइजोको निहुँमा हत्या भएको भन्दै घटनाको  निष्पक्ष छानबिन गर्दै दोषीहरूलाई कारबाहीको  माग गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.