नागरिक उड्डयन प्राधिकरण प्रतिक्रियात्मक भयो

नागरिक उड्डयन प्राधिकरण प्रतिक्रियात्मक भयो
सुन्नुहोस्

हवाई सुरक्षाको नियामक निकाय हो– नेपाल नागरिक उड्डयन प्राधिकरण। यसले हवाई सुरक्षासम्बन्धी नियम तथा प्रक्रियाहरू बनाउँछ। हवाई सेवा प्रदायक संस्थाहरूको नियमित वा आकस्मिक रूपमा अनुगमन गर्ने, अडिट गर्ने काम पनि प्राधिकरणले गर्छ। तर, पछिल्लो समयमा प्राधिकरणले जारी गर्ने निर्देशन तथा निर्णयहरू भने बढी प्रतिक्रियात्मक हुने गरेका छन्। कुनै दुर्घटना भएपछि अध्ययन र विश्लेषणबिना नै तुरुन्तै प्रतिक्रिया जनाउने गरिएको छ। 

प्राधिकरणले नयाँ नियम जारी गर्नुअघि तथ्यांक संकलन गर्ने, त्यसको अध्ययन तथा विश्लेषण गर्नुपर्छ। कुन नियम ल्याउँदा के उपयुक्त हुन्छ, कुन उपयुक्त हुँदैन भनेर राम्रोसँग विश्लेषण गर्नुपर्छ। जस्तो कि पछिल्लोपटक हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले जारी गरेको नयाँ नियमकै कुरा गरौं न। प्राधिकरणले एकैपटक पहाडी जिल्लाका उडानमा कडाइ ग¥यो। तर, त्यो नियम लागू गर्नुभन्दा अघि ती विमानस्थलमा १२ पछि उडान गर्दा के–कति दुर्घटना भएका थिए ? १२ बजेभन्दा अघिको अवस्था के हो ? ती पक्षको विश्लेषण गर्नुपथ्र्यो। त्यसको आधारमा मात्रै प्राधिकरणले परिपक्व निर्णय लिनुपथ्र्यो। 

यस्तै, सेवा प्रदायकले आफू बाँच्नका लागि पनि सेवा त दिनैपर्छ। सुरक्षाको प्रत्याभूति गराउने काम वायुसेवा सञ्चालकहरूको हो। यदि १२ बजेसम्म मात्र उडान गर्न दिने हो भने केही विमानस्थलहरूमा कहिलेकाहीँ मार्जिन वेदर (ठिक्कको मौसम) मा पनि उडान भर्न दिनुपर्ने अवस्था आउँछ। त्यसो गर्दा सुरक्षाको जोखिम झनै बढ्छ। ती विमानस्थलमा १२ बजे पछिको उडानका लागि पहिला पनि प्राधिकरणका नियम लागू भइरहेका हुन्। सुरक्षित उडान गर्ने काम वायुसेवा सञ्चालकहरूको हो। उनीहरूले सुरक्षित उडानका लागि काम गरेका छन् कि छैनन् भनेर हेर्ने काम प्राधिकरणको हो। तर, कुनै दुर्घटना भए लगत्तै तुरुन्तै प्रतिक्रियात्मक हुँदा यसले सुरक्षा संवेदनशीलता झन् बढाउँछ। तथ्यांकको विश्लेषण गरेर दिगो किसिमका निर्णय लिन जरुरी छ। 

(गौतम, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हुन्)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.