सबैभन्दा बढी कर तिर्नेमा ग्लोबल आईएमई

सबैभन्दा बढी कर तिर्नेमा ग्लोबल आईएमई

काठमाडौं  :  ‘बिग मर्जर’को सुरुवात गरेर सरकारको नीतिलाई साकार पार्न सहयोगी बनेको पहिलो आँटिलो अनि ठूलो बैंक हो,  ग्लोबल आईएमई। अहिले देशकै बलियो मात्रै होइन अग्रपंक्तिको वाणिज्य बैंकमा परिचित छ। 

बैंक तथा वित्तीय संस्थालाई गाभ्न ग्लोबल आईएमई पहिल्यैदेखि खप्पिस नै थियो। स्थापनाको करिब १७ वर्षको यात्रामा २१ बैंक तथा वित्तीय संस्था गाभेर देशको ठूलो वाणिज्य बैंकमा परिचित बन्न सफल भयो। यति धेरै बैंकलाई मर्जर तथा प्राप्ति गरेर सबैको शक्तिलाई एकीकृत पार्न सफल ग्लोवलले कुशल व्यवस्थापनलाई समेत स्थापित गरेको छ। बैंकले हरेक मर्जरको सरल र सहज व्यवस्थापन गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेको बताएको छ। ‘मर्जरपछि अधिकांश बैंकले नकारात्मक प्रदर्शन गर्दा यो बैंकको सञ्चालक समिति तथा व्यवस्थापनले सहज रूपमा मर्जरलाई व्यवस्थापन गर्दै अधिकांश वित्तीय सूचकमा प्रतिस्पर्धी बैंकभन्दा राम्रो नतिजा ल्याएको छ,’ बैंकको भनाइ छ। यसकारण मर्जर व्यवस्थापनमा अब्बल भएको ग्लोबलको दाबी छ। 

यसकारण पनि यो बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ठूला, सबल र उत्कृष्ट बैंकिङ प्रणाली विकास गर्ने योजना कार्यान्वयनमा पनि सधैं अग्रस्थानमा देखिन्छ। परिणामस्वरूप अहिले सबैभन्दा बढी कर तिर्ने बैंकदेखि अधिकांश वित्तीय परिसूचकमा अग्रपंक्तिमा रहेर सबैभन्दा ठूलो बैंक बन्न सफल भएको हो। ग्लोवल वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर तिर्ने बैंक बनेको छ। बैंकले गत आर्थिक वर्ष २०७९÷८० मा ५ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेको छ। बैंकले अघिल्लो आव २०७८÷७९ मा ३ अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो। यसरी बैंकले एकै वर्षको अन्तरमा करिब २ अर्ब २६ करोड रुपैयाँबराबरले सरकारका लागि कर वृद्धि गर्न सक्षम भएको छ। 

बैंकले सार्वजनिक गरेको आव २०७९÷०८० को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार समग्र वाणिज्य बैंकमध्येकै अधिकांश परिसूचकमा अगाडि छ। प्रतिवेदनअनुसार करिब आधा दर्जन परिसूचकमा अन्य वाणिज्य बैंकको तुलनामा प्रथम श्रेणीमा छ। गत आवमा सर्वसाधारण ग्राहकबाट मात्रै बैंकले ४ खर्ब २६ अर्ब ३२ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ। यससँगै बैंकको कुल सम्पत्ति ५ खर्ब २६ अर्ब ३७ करोड ३७ लाख, कुल इक्विटी ५८ अर्ब ६८ करोड २७ लाख, ब्याज आम्दानी ४८ अर्ब २२ करोड १३ लाख ६४ हजार रुपैयाँ बराबर गरेको छ। 

बैंकले गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड ३४ लाख ५४ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सञ्चालनमा रहेका २० बैंकमध्येको यो दोस्रो श्रेणीमा बढी नाफा कमाउने बैंक बनेको हो। यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो। अघिल्लो आव बैंकले ४ अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैयाँबराबरको नाफा कमाएको थियो। 

अधिक बैंक तथा वित्तीय संस्थाहरू मिलेर बनेको यो बैंक चुक्ता पुँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो। हाल यस बैंकको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने यसको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। 

बैंकलाई यो स्थानसम्म ल्याउन महŒवपूर्ण भूमिका खेलेका छन् सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले। उनी बैंक हाँक्ने कुशल चालक बनेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत  रहेका ढकालकै छत्रछायामा ग्लोवलले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमै छाप छोडेको छ। नेपालका ७७ जिल्लामा यसको शाखा विस्तार छ। बैंकका बेलायतको लन्डन, भारतको नयाँदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीन वैदेशिक सम्पर्क कार्यालय रहेका छन्। विदेशमा कार्यालय विस्तारसँगै विभिन्न संस्थासँग साझेदारी गर्दै आएको छ।

‘सबैका लागि बैंक’ भन्ने नारालाई आत्मसात गरेको यो बैंकले ठूला उद्योगीदेखि साना उद्यमीसम्म पुग्ने रणनीति बनाएको बताएको छ। विश्वस्तरीय बैंकिङ सेवामार्फत अर्थतन्त्रलाई आवश्यक गति दिन बैंकले सक्दो प्रयास गरिरहेको बताएको छ।

बैंकका ३ सय ५९ शाखा कार्यालय, ३ सय ६२ एटीएम, ३ सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर रहेका छन्।  बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रत्नराज वज्राचार्य छन् भने बैंकका सूचना अधिकारी तथा नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी छन्। 

बैंकले अन्तर्राष्ट्रिय स्तरका सम्मान तथा पुरस्कारसमेत प्राप्त गरेको छ। बैंक सञ्चालनको इतिहासमा यो बैंकलाई बैंकर्स म्यागजिन (फाइनान्सियल टाइम्स, यूकेको प्रकाशन) द्वारा नेपालका लागि द बैंक अफ द इयर अवार्ड २०१४, इन्टरनेसनल फाइनान्स म्यागजिन, लन्डनद्वारा ‘बेस्ट इन्टरनेट बैंक २०१६– नेपाल’ र ‘बेस्ट एम्प्लायर अवार्ड २०१८’ बाट सम्मानित हुने मौका जुरेको थियो। यस्तै, ‘वल्र्ड एचआरडी कांग्रेस, भारतद्वारा युरोमनी म्यागजिन (अवार्ड फर एक्सिलेन्स), लन्डन, यूकेद्वारा २०२२ मा ‘नेपालको सर्वश्रेष्ठ बैंक’को रूपमा पुरस्कृत गरेको थियो। बैंकलाई इक्रा नेपालले ‘ए’ रेटिङ पनि दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.