बुहारी कुट्ने ससुरा प्रहरी नियन्त्रणमा

बुहारी कुट्ने ससुरा प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

गुलरिया : बर्दियाको बारबर्दिया नगरपालिका-११ जयनगरकी २४ वर्षीया प्रमिला थारुलाई ससुराले अमानवीय शैलीमा कुटपिट गरेका थिए । उनको कुटाई टिकटकमा भाइरल नै भयो । भाइरल भिडियोका आधारमा प्रहरीले बुहारी कुट्ने ससुरालाई खोजी गर्दै नियन्त्रणमा लियो।

भिडियोमा एक महिलालाई पुरुषले अन्धाधुन्ध कुटेको दृश्य देखिन्छ । छुट्याउन आएकी छिमेकी महिलालाई समेत कुट्न तम्तयार भएको भिडियोमा छ । घर बाहिर सडकमा प्रमिला निर्मम कुटाइ खाइरहेकी देखिन्छिन् । कुटाइले उनी रोइरहँदा उनकी ४ वर्षीया छोरी पनि रोइरहेकी हुन्छिन् । 

दुई महिलाले निर्मम कुटाई गरिरहेका पुरुषबाट उनलाई छुट्याउन सक्दैनन् । अर्की छुटाउन आएकी महिलालाई समेत कुट्न तम्तयार भएको दृश्य भिडियोमा देखिन्छ । सोही भिडियोको आधारमा ईलाका प्रहरी कार्यालय बाँसगढीले ५३ वर्षीय भरथरी चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुधिरकुमार खड्काले बताए । 

भरथरीसँग घरपरिवार लगायत समाजका मानिस पनि डराउने रहेछन् । मदिरा सेवन गर्दा त कोही पनि अगाडि नपर्ने गरेको प्रहरी निरीक्षक खड्काको भनाइ छ । हामीले भिडियो देखेपछि तत्काल घरमा पुगी उनलाई नियन्त्रणमा लिइ सार्वजनिक मुद्धा मार्फत थप अनुसन्धान अघि बढाएका छौं । बुहारीले मोबाइल चलाइरहेको अवस्थामा मोबाइल फुटाइदिएका थिए। किन मोबाइल फुटाएको भनी बुहारीले प्रश्न गर्दा कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पीडितका श्रीमान ताप्लेजुङमा मजदुरी गर्न गएको उनले बताए ।

'छोराले पैसा पठाउँदै गर्ने तपाइँ पिइरहने भनेर मैले ससुरालाई भने । त्यतिबेला म मोबाइल हेर्दै थिएँ। ससुराले एक्कासी आएर कपाल तान्दै मुक्का, झापड, खुट्टाले हान्दै कपाल जगल्टाएर घिसार्दै कुट्नुभयो', पीडित प्रमिला थारुले भनिन् । 

घटना थाहा पाएर ईलाका प्रहरी कार्यालय बाँसगढीमा बुझ्न पुगेकी महिला अधिकारकर्मी सपना शर्मा भन्छिन्, 'भिडियोमा लछार पछार गरी कुटेको छ । भिडियो मार्फत प्रहरीले पिडकलाई पक्राउ गरेको छ । यस्ता घटना समाजका धेरै घरमा छन् । त्यसलाई बाहिर ल्याउनु जरुरी छ । भिडियो नबाहिरिएको भए घटना गाउँमै गुपचुप हुनेथियो । बुझ्दा ससुराले पटक पटक कुट्ने गरेको पाइयो ।' पीडकलाई हदैसम्मको कारवाही हुनुपर्ने अधिकारकर्मी शर्माको भनाई छ ।

बुहारी कुटेको आरोपमा पक्राउ परेका ससुरालाई म्याद थपको लागि गुलरिया लगिँदै। तस्बिर : यादव आचार्य।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.