श्रीमानले गरे श्रीमतीको हत्या
गुलरिया : बर्दियाको बढैयाताल गाउँपालिका - १ स्थित सानो डाँफेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । धारिलो हतियार प्रयोग गरी ५० वर्षीय कृपाल सुनारले ४० वर्षीया श्रीमती केस कुमारी विकको हत्या गरेका हुन्।
घरदेखि ५ सय मिटर पर जुहारीलाल एरीको धानखेतमा घाँस काटिरहेकी श्रीमती केसकुमारीलाई श्रीमान कृपालले घाँटीमा धारिलो हतियार प्रहार गर्दै धान खेतमा लडाइँ घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।
सुनार डिप्रेसनको बिरामी रहेको बुझिन आएको छ । प्रहरी चौकी जमुनी र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट गएको प्रहरीको टोलीले घटनास्थल मुचुल्का गरी सु्नारलाई नियन्त्रणमा लिइ कर्तव्यज्यान मुद्दामा अनुसन्धान अघि बढाएको डीएसपी बोहराले बताए ।