कर्णालीमा सोमबार सार्वजनिक बिदा
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले प्रदेश स्थापना तथा सहिद दिवसका साथै नाग पञ्चमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिइने निर्णय गरेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिइन्।