ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
सुन्नुहोस्

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका-१० मा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। 

मदन भण्डारी स्मृति लोकमार्ग हुँदै गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको ना ६त ६६१८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा धनुषाको मिथिला नगरपालिका-११ का १७ वर्षीय सुरज मगरको ज्यान गएको हो। 

दुर्घटनामा घाइते भएका मगरको विपी कोइराला स्वास्थ्य विज्ञान धरान घोपा सुनसरीमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए। 

दुर्घटनामा घाइते भएका सोही ठाउँका १७ वर्षीय धिरन परियार, ४० वर्षीय बालकुमार आले मगर र १९ वर्षीय मिलन परियारको धरानमा उपचार भइरहेको उनले बताए। 

प्रहरीले ट्याक्टर चालक सोही ठाउँका २० वर्षीय प्रेम परियारलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ। तीव्र गतिमा रहेको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले उद्धार गरी उपचारका लागि धरान पठाएको डीएसपी चौधरीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.