बसमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

बसमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
सुन्नुहोस्

विराटनगर : पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका-३ सोल्टी पुलमा शुक्रबार दिउँसो यात्रुबाहक बसमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २४२३ नम्बरको बसको पछाडि सोही दिशातर्फ जाँदै गरेको को १३ प ६१३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका-१ का ४३ वर्षीय गोपालप्रसाद पौडेलको मृत्यु भएको छ। 

बसमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो। अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी दाहालले बताए। 

उनका अनुसार बस र चालक झापाको कमल गाउँपालिका-७ का ३४ वर्षीय चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.