कागखोला नदी नियन्त्रणका लागि समाजको सहयोग

कागखोला नदी नियन्त्रणका लागि समाजको सहयोग
सुन्नुहोस्

जोमसोम : मुस्ताङ वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीस्थित कागखोला नदी नियन्त्रणका लागि घरपझोङ गाउँपालिका-४ जोमसोम गाउँ समाजले ७ लाख आर्थिक सहयोग गरेको छ। 

समाजले इन्धन भर्ने शर्तसहित प्रतिघण्टा २ हजार भाडा तिर्ने गरी शुक्रबारदेखि नदी नियन्त्रण उपकरण डोजर परिचालन गरेको हो। जोमसोम गाउँ समाजको समन्वयमा जनहित क्लव जोमसोम, जोमसोम आमा समूह र घरपझोङ-४ वडाको सक्रियतामा आर्थिक संकलन गरी कागखोलामा आएको बाढीलाई नदी नियन्त्रण गर्न डोजर परिचालन गरेको जनहित क्लब जोमसोमका अध्यक्ष जितेन्द्र शेरचनले जानकारी दिए।

उनका अनुसार जोमसोम गाउँ समाजले ७ लाख बराबरको काम गर्ने गरी काग खोला बाढी नियन्त्रणमा परिचालन गरिएको हो। साउन २८ गते साँझ कागखोला बाढी अनियन्त्रित हुँदा कागबेनीमा करोडौंका भौतिक संरचनामा क्षतिका साथै ठुलो धनमाल बाढीले बगाएको थियो। 

जोमसोम गाउँ समाजले  ७ लाख बराबरको नदी नियन्त्रणको काम गरेपछि हरि विल्डर्सलाई रकम भुक्तानी गर्ने जनाइएको छ। 

यसअघि कागखोला नदी नियन्त्रणका लागि कागबेनी गाउँ समाज,वडा र पालिकासँग समन्वय गरी डोजर फिल्डमा खटाएको घरपझोङका वडाध्यक्ष यमप्रसाद थकालीले जानकारी दिए।
 
कागबेनी भएको क्षति भएको भौतिक संरचनाको व्यवस्थापनका लागि जोमसोमका स्थानीय जुटेका छन्। गाउँ समाज, वडा, क्लब र आमा समूहका साथै जोमसोम गाउँका प्रत्येक गाउँका एक/एक जना सदस्यहरूको सहभागिता रहने गरी झन्डै २ सय जना जनशक्ति खटिएका जनहित माध्यमिक विद्यालयका अध्यक्ष जयन्द्रलाल थकालीले जानकारी दिए। यस क्षेत्रमा पाँच दिनपछि खानेपानी सञ्चालनमा आएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.