वैदेशिक अध्ययन र भ्रमणबाट बाहिरीयो खर्बौं रकम

वैदेशिक अध्ययन र भ्रमणबाट बाहिरीयो खर्बौं रकम
सुन्नुहोस्

काठमाडौं : नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थी र घुम्न जानेबाट खर्बौं विदेशी मुद्रा बाहिरिएको छ। 

आर्थिक वर्ष २०७९/८० मा मात्रै वैदेशिक शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड छ। साथै विदेश घुम्न जाने नेपालीले पनि गत वर्ष १ खर्ब ४४ अर्ब ४६ करोड खर्च गरेका छन्। 

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले यसरी वैदेशिक अध्ययन र भ्रमणमा खर्च बढ्दा समग्रमा सेवा क्षेत्रको खर्च बढेको देखाएको छ।

तसर्थ सेवा क्षेत्रबाट सबैभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ। यसकारण सेवा क्षेत्र घाटामा छ। विदेश अध्ययन गर्न जाने विद्यार्थीको खर्च बढेकाले यस्तो स्थिति आएको देखिन्छ। 

गत आवमा खुद सेवा आय ८३ अर्ब ८५ करोडले घाटामा छ। अघिल्लो वर्ष खुद सेवा आय १ खर्ब ८ अर्ब १२ करोडले घाटामा रहेको थियो। 

सेवा खाताअन्तर्गत भ्रमण आय ८९.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब ५२ करोड पुगेको छ। तर सेवा खाताअन्तर्गत भ्रमण व्यय ४८.४ प्रतिशतले वृद्धि भई  १ खर्ब ४४ अर्ब ४६ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड छ। 

अघिल्लो वर्ष भ्रमण व्यय ९७ अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको व्यय ६७ अर्ब ७० करोड थियो। राष्ट्र बैंकका कार्यकारी अधिकृत डा. श्रेष्ठ नेपालमै शिक्षाका  सम्भावना र रोजगारी सिर्जना गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराउँछन्। 

यद्यपि गत आर्थिक वर्षको समीक्षा गर्दा समग्रमा अब अर्थतन्त्र सामान्यतिर जाने उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.