गायत्री मन्त्रको शाब्दिक अर्थ
ॐ भूर्भुव: स्व तत्सवितुर्वरेण्य भर्गो दिवस्य धीमहि। धियो यो न : प्रचोदयात।।
गायत्री एउटा छन्द हो। अर्थात् २४ अक्षरबाट निर्मित छन्दलाई गायत्री छन्द भन्छन्। यसमा तीन पाद छन्। प्रत्येक पादमा आठ अक्षर छन्। यसमा गायत्री छन्दको प्रयोग भएकाले यसलाई गायत्री मन्त्र भनिन्छ। गायत्री महामन्त्र अगाध समुद्र हो। जसको गर्भमा छिपेका रत्नलाई खोज्न अत्यन्त कठिन छ। गायत्री मन्त्रमा ज्ञान विज्ञानको भण्डार छ।
गायत्री मन्त्रमा २४ अक्षर छन्। पहिला पादमा (तत्सवितुर्वरेण्यं) छ। यसमा ७ अक्षरमात्र छन्। यसकारण शास्त्रानुसार गायत्री मन्त्र जप गर्दा वरेण्यंको स्थानमा वरेणीय उच्चारण गर्नुपर्छ।
ॐ: ॐ आफंैमा पूर्ण मन्त्र हो। यसको उच्चारणले ब्रह्मा, विष्णु र महेश्वरको स्मरण हुन्छ।
भूर्भुवस्व: यसलाई गायत्री मन्त्रभित्र पारिँदैन। यद्यपि भूभुर्व: स्व: भन्नाले स्वर्ग, मत्र्य र पाताललाई जनाउँछ। भू भनेको पृथ्वीलोक हो। भुवर्लोक भन्नाले अन्तरिक्ष मानिन्छ। स्व: भन्नाले स्वर्गलोक हो। शास्त्रअनुसार, १४ भुवन छन्। गायत्री मन्त्र सूर्यपरक मानिन्छ। त्यसैेले सूर्य उद्घाटित हुन्छ। तीन लोक भू: भूव: स्व: लाई मात्र लिएको पाइन्छ।
तत् सवितुर्वरेण्य : गायत्री मन्त्र तत् शब्दबाट प्रारम्भ हुन्छ। यसमा तत् शब्दले तेज अर्थात् सूर्यदेवलाई संकेत गर्छ। वरण गर्न योग्य भन्ने बुझ्नुपर्छ।
भर्गो : गायत्री मन्त्रमा भर्गको अर्थ हुन्छ, सूर्य मण्डलभित्र उपस्थित ईश्वरीय तेज प्रकाश। स्थूलरूपमा भर्गको अर्थ अन्धकारको नाशक हो। सूक्ष्म दृष्टिमा भर्ग अन्धकारको नाशक हो भन्ने बुझाउँछ। अज्ञानरूपी अन्धकारलाई नास गर्ने परमात्माको शक्तिलाई भर्ग भनिन्छ।
देवश्य : देव शब्द दिव्यताको अर्थमा प्रयुक्त हुन्छ। देव भन्नाले दिव्य अलौकिक, असामान्य।
धीमहि : सबैले ध्यान गर्छौं भन्ने हो।
धीयो न: : सद्बुद्धि भन्ने बुझाउँछ। न: को अर्थ हाम्रो हो।
प्रचोदयात : यो क्रियापद हो। प्रचोदयात प्रेरणाको बोध हो। उन्मुख गराउने बुझिन्छ। यसले अभिप्रेरित गर्ने जनाउँछ।
गायत्री मन्त्रका प्रत्येक अक्षरमा दार्शनिक तŒव ज्ञान समाहित छ। जसको पूर्ण ज्ञान गर्न अत्यन्त कठिन छ। मन्त्रमा शक्ति हुन्छ। मन्त्रका अक्षरलाई बीज भनिन्छ। गायत्री मन्त्रमा गूढ महाविधा समाहित छ। महाविद्याको अनुसन्धान गर्नु विशिष्ट व्यक्तिको कार्य हो। पृथ्वी, अन्तरिक्ष एवं स्वर्गलोकलाई जाज्वल्य बनाउने सूर्यदेवको वरण गर्न योग्य तेजलाई हामी ध्यान गर्दछौं। सूर्यदेवले हामी सबैलाई सद्बुद्धि प्राप्त गर्न प्रेरित गरुन् भन्ने नै गायत्री मन्त्रको शाब्दिक अर्थ हो।