स्वर्ण पदक विजेता नन्दालाई सम्मान

स्वर्ण पदक विजेता नन्दालाई सम्मान

सुर्खेत : अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल खेलाडी नन्दा बस्याललाई सम्मान गरिएको छ। 

विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा उनले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन्। पदक विजेता बस्याललाई गृहजिल्ला सुर्खेतमा शनिबार सम्मान गरिएको हो।

जुलाई २१ देखि २४ सम्म दक्षिण कोरियामा विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता आयोजना भएको थियो। सोही प्रतियोगितामा नेपालको तर्फबाट बस्यालले स्वर्ण पदक जितेकी थिइन्। 

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसमेत रहेकी बस्यालले पदक जितेको खुशीयालीमा उनलाई गृहजिल्ला सुर्खेतमा स्वागतसहित सम्मान गरिएको हो। सुर्खेत जिल्ला तेक्वान्दो संघले उनको सम्मानमा पञ्चेबाजासहित वीरेन्द्रनगर बजार परिक्रमा गराएको छ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मान कार्यक्रममा बस्यालसँगै कास्य पदक विजेता प्रविन वयकलाई पनि सम्मान गरिएको हो। तेक्वान्दो खेलाडी वयकले गत असार २९ गते थाइल्याण्डमा सम्पन्न भएको ओप्पन तेक्वान्दो प्रतियोगितामा कास्य पदक जितेका थिए। 

स्वर्ण पदक विजेता बस्याल र कास्य पदक विजेता वयकलाई सम्मान गरिएको हो। सम्मान कार्यक्रममा खेलाडी र सर्वसाधारणहरूको सहभागिता रहेको थियो। साथै स्थानीय बासिन्दाले पनि बस्याल र वयकलाई फुलमाला, अवीर र खादाले विभिन्न चोकमा सम्मान गरेका थिए।

कर्णाली प्रदेश तेक्वान्दोका प्रमुख प्रशिक्षक भुवन थापाले कर्णालीकी छोरी नन्दा बस्यालले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा स्वर्ण पदक जितेर नेपालको नाम विश्वभर चिनाएको बताए। उनले भने,‘कर्णालीमा जन्मिएका खेलाडीले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा स्वर्ण जित्नु सामान्य होइन, यसले देशको नै गौरव बढाएको छ।’ 

अवसर पाएमा कर्णालीमा जन्मिएका खेलाडीले पनि देशका लागि पदक दिलाउन सक्ने उनको भनाइ छ। यस्तै जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गिरीले कर्णालीमा पनि अन्तर्राष्ट्रिय स्तरका पदक दिलाउने खेलाडीहरू रहेको बताए। बस्यालले सुर्खेत र कर्णालीको मात्र नभइ देशकै शिर ठाडो बनाएको उनको भनाइ छ।

स्वर्ण पदक विजेता खेलाडी बस्यालले गृहजिल्लामा पाएको सम्मान र स्वागतले थप हौसला मिलेको बताइन्। उनले भनिन्,‘गृहजिल्लामा पाएको यो सम्मानले थप हौसला मिलेको छ, देशका लागि पदक जित्ने अवसर पाएकोमा खुशी छु। यस्ता सम्मान र स्वागतले खेलाडीहरूमा थप ऊर्जा मिल्छ, मेहनत गरेमा अन्तर्राष्ट्रिय स्तरमा पनि सफल भइन्छ।’ 

बस्यालले दिलाएको पदकले नेपालको गौरव बढेको र मुख्यगरी कर्णालीको नाम उच्च भएको खेलाडीहरूको भनाइ छ। सीमित स्रोत र साधनमा पनि कर्णालीमा जन्मिएका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेको भन्दै खेलकुदमा थप लगानी हुनुपर्ने खेलाडीहरूको माग छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.