मुस्ताङको जोमसोम-कोरला सडक फेरि अवरुद्ध

मुस्ताङको जोमसोम-कोरला सडक फेरि अवरुद्ध
वारागुङ-३ को बाढी /पहिरो बितण्डाले जोमसोम-कोरला सडक अवरुद्ध । तस्बिर : जिप्रका मुस्ताङ
सुन्नुहोस्

जोमसोम : राष्ट्रिय गौरवको जोमसोम-कोरला ११० किलोमिटर सडक सोमबारदेखि अवरुद्ध बनेको छ ।आइतबार साँझ वारागुङ मुक्तिक्षेत्र-३ मा पर्ने ग्रीन ताङ्वे र ताङ्वे गाउँबीचको ठाडो खोलामा पानीको सतहको बहाव उच्च हुँदा नदी कटानले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डीएसपी)रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

उपल्लो मुस्ताङ पहुँचमार्ग जोड्ने ताङ्वे गाउँको ठाँडो खोलाको कटानले मुख्य राजमार्ग सडकको करिब २० मिटर सडक ट्याकसहित त्यहाँ राखिएको कल्भर्टसमेत बाढीले बगाइदिएको प्रहरी नायव उपरीक्षक पौडेलले जनाए।

यसैगरी उपल्लो मुस्ताङ जोड्ने वारागुङ मुक्तिक्षेत्र-३ को छुसाङस्थित नरसिंह खोलाको बाढीले आइतबार साँझ यसअघिको कच्ची सडक ट्याकमा क्षति पुर्‍याएको छ भने वारागुङ मुक्तिक्षेत्र-३ को मुख्य रागमार्ग सडकमा पनि पुनःकागखोलाको बाढीले सडक ट्याकमा क्षति बनाएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्ग्याल गुरुङले जानकारी दिए । 

सडक सुचारु गर्न पहल गरिने अध्यक्ष गुरुङले जानकारी दिए । आइबार साँझ बारागुङ-३ को छुसाङ खोला बाढीमा बाढी बढेपछि स्थानीय प्रशासन र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सूचना प्रकाशित गरी कालिगण्डकी तटीय क्षेत्रका बस्तीहरूलाई सावधानी अपनाउन आग्रह गरेको थियो ।

यसअघि साउन २८ गतेको बाढीले लोघेरक दामोदरकुण्ड-१  चराङ खोलामा अवस्थित अस्थायी काठे मोटरेबल पुल बाढीले बगाएको थियो । बाढीले अस्थायी पुल बगाउँदा चराङ—लोमान्थाङको सिधा यातायात सम्पर्क एक सातादेखि अवरुद्ध छ । 

त्यहाँ अस्थायी फलामे साँघो राखेर पैदल यात्रीलाई आवतजावतको व्यवस्था मिलाइएको वडाध्यक्ष टै ढिन्डुक ठकुरीले जानकारी दिए । ‘चराङ खोलाको सवारी क्रस गर्ने अस्थायी पुल बाढीले लग्यो,सवारी जान सक्ने अवस्था छैन,’वडाध्यक्ष ठकुरीले भने,‘ चराङ खोलामा सवारी परिवर्तन गरी आउजाउको व्यवस्था मिलाइएको छ ।’

उनले  सवारी जानसक्ने अस्थायी पुल राख्ने काम भइरहेको र २/३  दिनमा पुल बन्ने बताए ।

कालिगण्डकी कटानले क्षति बनाएको बारागुङ मुक्तिक्षेत्रकै छुसाङ-चैले जोड्ने पक्की पुल पनि सामान्य मर्मत गरी कामचलाउ गरिएको लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । छुसाङ-चैले पुलमा नदीले दक्षिण—पञ्चिमको एप्रोज सडकमा क्षति पुगेको थियो भने एप्रोज सुरक्षाका लागि बनाइएको करिब ३० मिटर लामो ग्याविन वालमा क्षति पुगेको थियो । अविरल वर्षासँगै आएको दर्जनौं स्थानको बाढी-पहिरो र नदी कटानले बेनी-जोमसोम सडक पनि दुई दिनदेखि अवरुद्ध छ । 

त्यहाँ सडक मर्मत तथा पहिरो पन्छ्याउने काम भइरहेको सडक सुपरभाइजर शेरचनले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.