बालसुधारगृहमा रामेछापका बालकको ‘शंकास्पद मृत्यु’

बालसुधारगृहमा रामेछापका बालकको ‘शंकास्पद मृत्यु’
सुन्नुहोस्

३ वर्षदेखि सुधारगृहमा रहेका रामेछाप मन्थलीका १८ वर्षीय कमल बस्नेत आइतबार बिहान मृत भेटिएका हुन्।

काठमाडौं : भक्तपुर सानोठिमीस्थित बालसुधार गृहमा एक बालकको शंकास्पद मृत्यु भएको परिवारका सदस्यले आरोप लगाएका छन्। ३ वर्षदेखि सुधारगृहमा रहेका रामेछाप मन्थलीका १८ वर्षीय कमल बस्नेत आइतबार बिहान मृत भेटिएका हुन्। तर, जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकका अनुसार नागरिक अस्पताल भक्तपुर पुर्‍याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए। पाठक भन्छन्, ‘नावालक बन्दी कमल बस्नेतको मृत्यु भएको छ। घटना के कति कारणले घट्यो ? अनुसन्धान भइरहेको छ।’

शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेजमा लगिएको छ। रिपोर्ट आइसकेको छैन। पोस्टमार्टम रिपोर्ट हेरेपछि मात्रै घटनाका थप अनुसन्धान अघि बढ्ने पाठक बताउँछन्। मृतक बस्नेतकी भाउजु रोमिसा बस्नेतले सुधारगृहको लापरबाहीका कारण बस्नेतको मृत्यु भएको आरोप लगाइन्। ‘यसको जिम्मा सरकारले लिनुपर्छ। उनले भनिन्, ‘सुधारगृहको नाममा बच्चाको हत्या गर्न पाइँदैन नि ! यातना दिने, कुटपिट गर्ने, तीन/चार घण्टासम्म उभ्याएर राख्ने, खान नदिने जस्ता अत्यन्तै क्रुर व्यवहार सुधारगृहमा हुने रहेछन।’ 

उनले थपिन्, ‘४/५ दिनदेखि बिरामी बालकलाई अस्पताल नै नलगेर हत्या गरिएको छ। १०३ ज्वरो आएको मानिसलाई सिटामोल खान दिएर मात्रै राखिएको थियो रे ! बिहान सुधारगृहमै मृत भेटिएका थिए उनी। मरेको मान्छेलाई प्रमाण जुटाउन मात्रै अस्पताल लगिएको रैछ।’ सुधारगृहमा राखिएका अन्य बालकहरूसँगको कुराकानीमा कमललाई बिरामले निकै गलाउँदा पनि अस्पताल लैजान ढिला गरेको बयान प्रहरीमा दिएका छन्।

मृतककी भाउजू भन्छिन्, ‘बाबुले ज्वरो आएको छ, पिलो आएको छ, अस्पताल लैजान आउन भन्दै शनिबार मात्रै रामेछाप घरमा फोन गरेका थिए। मृत शरीर हेर्दा खुट्टाभरी निलडाम देखिन्छ। कुटपिट गरेजस्तो छ। बिहान ६ बजे नै बेहोस भएर लडेका रहेछन्।’ सुधारगृहले ८ बजे मात्रै तपाईंको मानिस सिरियस छ भन्दै घरमा फोन गरेका थिए।

सुधार गृहका कर्मचारीले उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै साढे ७ बजे बिहान मात्रै अस्पताल पुर्‍याएका थिए। अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गरेका छन्। अदालतको आदेशले बस्नेत २०७७ सालदेखि उक्त बालसुधार गृहमा थिए।

मृतक बस्नेतका ठूलोबुवा आकाश भट्टराईले सुधारगृहले कमललाई बिरामी भएको बेला खाना खान पनि नदिएर, जे मन लाग्यो त्यही औषधि दिएर, कुटपिट र मानसिक यातना दिएर हत्या गरेको आरोप लगाए  भने, ‘सुधानरगृहमै मारेपछि मात्रै अस्पताल लगेको थियो। सुधारगृहको चरम लापरबाहीको कारण हाम्रो मान्छेको हत्या भएको छ। ज्वरो आएको बेला ग्यास्टिकको औषधि मात्रै दिएर राख्ने रहेछ। खाना पनि अत्यन्तै गुणस्तरहीन र दुर्घन्धित मात्रै दिने रहेछ। जुटको बोरा र बन्दा काटेर पानीमा पकाएर खान दिने गरेको भन्ने सूचना हामीले पाएका छौं। प्रहरीले जाहेरी लिन मानिरहेको छैन। घटनाको निस्पक्ष छानबिन हुनुपर्छ। दोषीलाई कारबाही हुनुपर्छ।’

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा ४ सदस्यीय छानबिन समिति गठन भएको छ। जसमा भक्तपुरका डीएसपी वसन्त पाठक, प्रशासन कार्यालयका दुईजना प्रतिनिधि र महिला बालबालिका मन्त्रालयका प्रतिनिधि संलग्न हुनेछन्। समितिलाई ७ दिनमा छानबिन गरेर रिपोर्ट पेस गर्नेछ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.