विराटनगरमा २५ शैय्याको डेंगु उपचार सेवा सञ्चालन
विराटनगर : कोशी प्रदेशमा दिनादिन डेंगुको प्रक्रोप बढ्दै गएपछि प्रदेश सरकार विराटनगरस्थित संक्रामक रोग तथा संघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा सञ्चालनमा आएको छ। सुनसरीको धरानमा डेंगुले प्रकोपको रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा सञ्चालन गरेको हो ।
विराटनगरस्थित संक्रामक रोग तथा संघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट सञ्चालनमा आएको हो।
कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले डेंगु उपचार सेवाको उद्घाटन गरेका हुन् । धरानमा डेंगु प्रकोपको रूपमा फैलिएर अस्पतालमा शैय्या अभाव हुँदा भुइँमा बिरामीको उपचार हुँदै आएको थियो।
कोशी प्रदेशको मन्त्रीपरिषदको बैठक बसेर धरानमा एक सय थान स्प्रे मेसिन पनि वितरण गरिएको छ। सो अवसरमा प्रदेश स्वास्य मन्त्री निर्मला सुब्बाले डेंगु फैलिन नदिन प्रदेश सरकार गम्भीर भएर लाग्ने बताइन् । उनले प्रकोपको रुपमा फैलिएको डेंगु रोकथाम र नियन्त्रणमा प्रदेश सरकार लागिपरेको बताइन् । उनका अनुसार बिरामीको संख्या बढे बेड थप गर्ने प्रदेश सरकार तयारीको अवस्थामा रहेको छ।
संक्रमक रोग तथा सघन उपचार केन्द्रमा २२ जना स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । स्वास्थ्य मन्त्रालयले थप ४३ जना जनशक्ति आवश्यक परेको भन्दै प्रदेश सरकारसँग माग गरिएको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा.सुधा देवकोटाले जानकारी दिइन् ।
उनले दरबन्दी स्वीकृत भएर आउने क्रममा रहेकाले जनशक्ति थप गरेर डेंगो संक्रमित बिरामीको उपचार गर्ने नीति बनाएको बताइन्। कोशी प्रदेशमा आइतबारसम्ममा २२ हजार बढीमा डेंगु संक्रमित रहेका छन् । जसमध्ये धरानमा सबैभन्दा बढी संक्रमित छन् ।