कोसी प्रदेशसभाको बैठक सुरू, मुख्यमन्त्रीले राखे विश्वासको मतको प्रस्ताव

कोसी प्रदेशसभाको बैठक सुरू, मुख्यमन्त्रीले राखे विश्वासको मतको प्रस्ताव
सुन्नुहोस्

विराटनगर  : मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गएिको कोसी प्रदेशसभाको बैठक सुरू भएको छ ।  अध्यक्ष मण्डलमा रहेका कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले प्रदेशसभा बैठकको अध्यक्षता गरेका छन् । 

आजको बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची छ ।  २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ (४) बमोजिम थापाले सभामा विश्वासको मतका लागि प्रदेशसभामा निर्णायार्थ प्रस्ताव पेस गरेका छन् । मुख्यमन्त्रीले विश्वसको मत मागेको बैठकमा एमाले र राप्रपाका ज्येष्ठ सदस्य अनुपस्थित रहे । प्रतिपक्षका ४६ मध्ये सभामा ३० जना प्रदेशसभा उपस्थित छन् । 

मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए । उपसभामुख सिर्जना दनुवारले सोमबार १ बजे समय तोकिदिएकी थिइन् । तर,प्रदेशसभाको बैठक बस्ने दिन बिहान अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई जिम्मेवारी तोकेर दनुवार काठमाडौं हिँडेकी थिइन् । 

मुख्यमन्त्रीले विश्वासको मत मागेपछि प्रदेशसभामा अहिले प्रदेशसभा सदस्यहरूले आ-आफ्ना धारणा राखिरहेका छन् । जसपा संसदीय दलको नेता निर्मला लिम्बूले थापालाई विश्वासको मत दिइने बताइन् । अहिले एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले धारणा राखिरहेका छन् । 

उनले मुख्यमन्त्री थापालाई आफ्नो दलले विश्वासको मत दिने बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.