प्रधानमन्त्रीले बोलाएको बैठक ७ बजेलाई सारियो
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक ७ बजेका लागि सारिएको छ। सुर्खेतमा रहेका प्रधानमन्त्री दाहाल आउने ढिलाई हुने भएपछि ४ बजेका लागि बोलाइएको बैठक सारिएको हो।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रतिनिधिहरूको सहभागी रहनेछ। आइतबार बसेको बैठककै निरन्तरता आजको बैठकमा रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि प्रधानमन्त्री दाहालले बैठक बोलाएका हुन्। सदनको गतिरोध अन्त्य गर्ने विषयमा बैठक केन्द्रित हुने छ।