कोसी प्रदेशलाई मध्यावधिमा जान दिन हुँदैन : राजेन्द्र राई
विराटनगर : नेकपा (एकीकृत समाजवादी) कोसी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेशलाई मध्यावधिमा जान दिन नहुने बताएका छन्।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतको प्रस्ताव राखिसकेपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राईले प्रदेशलाई मध्यावधिमा जानबाट टार्नुपर्ने बताए। मध्यावधिमा जानबाट रोक्नका लागि आफ्नो दलले भूमिका खेल्ने उनको भनाइ छ।
‘सबै मिलेर प्रदेशलाई मध्यवाधिमा जानबाट टार्नुपर्छ,’ राईले भने, ‘प्रदेशलाई मध्यावधिमा जान नदिन सबै एक हुनुपर्छ।’ राईले मुख्यमन्त्री थापालाई आफ्नो दलका तर्फबाट विश्वासको मत दिने पनि बताए। उनले थपे, ‘उद्धव थापाको नाम छात्तीमा टाँसे जहाँ जान पनि तयार छौं।’