प्रेस युनियनले उड्डयन प्राधिकरणलाई भन्यो- अन्नपूर्ण पोस्ट्को समाचारमा सोधिएको स्पष्टीकरण तत्काल फिर्ता लेऊ

प्रेस युनियनले उड्डयन प्राधिकरणलाई भन्यो- अन्नपूर्ण पोस्ट्को समाचारमा सोधिएको स्पष्टीकरण तत्काल फिर्ता लेऊ
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रेस युनियनले अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा प्रकाशित सामग्रीलाई लिएर सोधिएको स्पष्टीकरण तत्काल फिर्ता लिन नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरेको छ। 

युनियनका महासचिव दिलीप पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रतामा समेत हस्तक्षेप हुनेगरी प्राधिकरणले लेखेको स्पष्टीकरण पत्र तत्काल फिर्ता लिन प्राधिकरणलाई आग्रह गरेको हो। युनियनले प्रेस स्वतन्त्रताको सम्मान गर्न, क्षेत्राधिकार बाहिर गएर काम नगर्न नेपाल उड्डयन प्राधिकरणलाई चेतावनीसमेत दिएको छ। 

अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै प्राधिकरणले सिम्रिक एयरको समेत अध्यक्ष रहेका अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको नाममा स्पष्टीकरण सोधेको थियो। 

‘प्राधिकरणबाट विभिन्न मितिमा दुर्गम क्षेत्रको उडान सुरक्षा अभिवृद्धि गर्नका लागि विभिन्न निर्णय भएकोमा उक्त निर्णयहरूको बर्खिलाप हुनेगरी शृंखलाबद्धरूपमा तपाईं प्रकाशक रहेको मिडियामार्फत् उडान सुरक्षामा गम्भीर असर पर्ने प्रकृतिका विज्ञप्ति समाचार र विश्लेषण र टिप्पणी प्रकाशन गरेको देखिएको हुँदा हवाई सेवा कम्पनीमार्फत् उडान सुरक्षाको पूर्णजिम्मेवारी पालना गर्नुपर्ने दायित्व बोकेको व्यक्तिले आफू प्रकाशक रहेको मिडियामार्फत् प्रकाशकीय अधिकारलाई दुरुपयोग गरी नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ र यसअन्तर्गत बनेका नियमावली, रिक्वाएरमेन्ट्स, म्यानुअल तथा अन्य नियामकीय मापदण्डहरूको विपरीत गई उडान सुरक्षामा गम्भीर चुनौती सिर्जना गर्ने गरी भ्रामक र अफवाह फैलाउने कार्य गर्न वायुसेवा कम्पनीको अध्यक्षको हैसियतमा कुन नैतिकताको आधारले दिन्छ?,’ प्राधिकरणको स्पष्टीकरणमा उल्लेख थियो। प्राधिकरणले समाचारको विषयलाई लिएर सोधिएको स्पष्टीकरणको चौतर्फी आलोचना भएको छ।

'सञ्चार माध्यममा प्रकाशित सामग्रीको बारेमा चित्त नबुझे सम्बन्धित निकायले खण्डन प्रकाशनका लागि सञ्चार माध्यममा अनुरोध गर्ने, खण्डन प्रकाशित नभए प्रेस काउन्सिल नेपालमा उजुरी गर्नसक्ने कानुनी व्यवस्था छ। नेपालको संविधानले पनि प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेको छ। स्वतन्त्र प्रेसको मूल्य मान्यता विपरीत प्राधिकरणले विधि र प्रक्रिया मिचेर आफ्नो क्षेत्राधिकार बाहिर गई अन्नपूर्ण पोस्ट् दैनिकका प्रकाशकलाई स्पष्टीकरण सोध्ने कार्य निन्दनीय छ,' विज्ञप्तिमा भनिएको छ।

सञ्चार माध्यममा प्रकाशित भएको विषयवस्तुको नैतिक जिम्मेवारी सम्पादकीय समूहसँग रहने भएकाले प्राधिकरणले प्रतिशोध साँधेर प्रकाशकमाथि स्पष्टीकरण सोधेको युनियनको ठहर छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.