कोसी प्रदेशमा मत विभाजन सुरु
विराटनगर : कोसी प्रदेशको प्रदेशसभामा विश्वासको मत विभाजन सुरु भएको छ। मुख्यमन्त्री उद्धव थापाले राखेको विश्वासको मतको पक्ष र विपक्षमा प्रदेशसभा सदस्यबीच मत विभाजन सुरु भएको हो।
मत विभाजन अवधिभरका लागि प्रदेशसभाभित्रका सबै ढोका बन्द गरिएको छ। मत विभाजन नसकिएसम्म प्रदेशसभा सदस्यले बाहिर, भित्र गर्न पाउने छैनन्।
पक्ष र विपक्षमा मतदान गर्नका लागि अलगअलग व्यवस्था मिलाइएको छ। तटस्थ मतदानको व्यवस्था पनि गरिएको सभाध्यक्ष इस्राइल मन्सुरीले जानकारी दिए।