विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरिएको छ।
प्रदेशसभाको अध्यक्षता गरेका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले उक्त घोषणा गरेका हुन्। संविधानविपरीत विश्वासको मतका पक्षमा उनी आफैंले मतदान गरेका छन्। आफूले समेत मतदान गरेपछि थापाले ४७ मत पाएको भन्दै विश्वासको मत पाएको भनेर उनले घोषणा गरेका हुन्। उनले भने, ‘मानवीय उद्धव थापाले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गरेको घोषणा गर्दछु।’
कोसीको ९३ सदस्यीय प्रदेशसभामा थापाको ४७ मत र विपक्षमा ३० मत खसेको घोषणा सभाध्यक्ष इस्राइल मन्सुरीले गरेका हुन्। तटस्थतर्फ भते मत परेन। सोमबारको प्रदेशसभा बैठकमा ७७ जना सांसद उपस्थित थिए।