प्रतिनिधिसभा बैठक बस्दै, एमालेले अवरोध नगर्ने

प्रतिनिधिसभा बैठक बस्दै, एमालेले अवरोध नगर्ने
सुन्नुहोस्

काठमाडौं : संघीय संसद्अन्तरगतको प्रतिनिधिसभा बैठक बस्दैछ।  बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो ३ बजे बस्दैछ। आजको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध नगर्ने जनाएको छ।

विमानस्थलबाट बरामद ६० किलो सुनको अनुसन्धानमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार भएपछि एमालेले संसद बैठकमा अवरोध नगर्ने भएको हो।

एमाले प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिनका लागि गठित तीन सदस्यीय कार्यदलले समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव तयार पारेर दिउँसो २ बजे बस्ने शीर्ष नेताको बैठकमा बुझाउने बताए।

उनले एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार सहमत भएकाले अब संसदको अवरोध हट्ने बताए। सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले साउन १० गतेयता संसद चल्न दिएको थिएन।

सोमबार राति सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा कार्यादेश (टिओआर) तय गर्न तीन सदस्यीय समिति गठन भएको हो। कार्यदलमा नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन्। 

आजको बैठकमा पूरानै एजेण्डालाई निरन्तरता दिने संघीय संसदको सचिवालयले जनाएको  छ।  सम्भावित कार्यसूची अनुसार बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउनेछन्। 

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी हाल पूर्पक्षका लागि थुनामा रहेका छन्। नेपालीलाई भुटानी शरणार्थी बनाएको अभियोगमा हाल एमालेबाट निर्वाचित सांसद रायमाझी हाल पूर्पक्षका लागि थुनामा छन्। सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य डा.सुनिल कुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराउने छन् ।

यसैगरी कानुन,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने सम्भावित कार्यसूची छ।

यसैगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थितसदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूची छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.