प्रतिनिधिसभा बैठक आज नबस्ने
![प्रतिनिधिसभा बैठक आज नबस्ने](https://annapurnapost.prixacdn.net/media/albums/SAMSAD_9_qnC3RcMjYx_kifcNDQvK0.jpg)
काठमाडौं : आज ३ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक नबस्ने भएको छ। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणमा उच्चस्तरीय समितको कार्यविधिबारे टुंग्याउने, ४ बजे प्रधानन्यायाधीशको शपथमा प्रधानमन्त्री र सभामुख जानुपर्ने र एमाले अध्यक्ष ओली अस्वस्थका कारण बैठक नबस्ने बताए।
संसद बैठक बुधबार दिउँसो ३ बजे बस्ने भएको छ।
प्रमुख सचेतक गिरीले समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारिसकेको जानकारी दिए। कार्यदलमा एमालेका सुवास नेम्वाङ, माओवादीका हितराज पाण्डे र नेपाली कांग्रेसका रमेश लेखक छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)