कांग्रेसको 'समुदायमा कांग्रेस' अभियान स्थगित

कांग्रेसको 'समुदायमा कांग्रेस' अभियान स्थगित
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको 'समुदायमा कांग्रेस' अभियान अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको छ। प्रचार विभागका प्रमुख मीन विश्वकर्माले भदौ १० देखि २४ गतेसम्म हुने भनिएको समुदायमा कांग्रेस कार्यक्रम बाढी पहिरोका कारण स्थगित गरेको जानकारी दिए।

'अविरल वर्षा, बाढी पहिरो, डेंगु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदायनै गम्भीररूपमा प्रभावित भएकोले हाल उनीहरुको सेवामा जुट्न सम्बन्धित तहका पार्टी संगठनलाई आह्वान गर्ने र भदौ १० देखि २४ सम्म गर्ने तय भएको 'समुदायमा कांग्रेस' कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराइन्छ,' मंगलबार पत्रकार सम्मेलनमा उनले भने।

कार्यक्रममा दस आयोजना भएको आन्तरिक विशेष अभियान फलदायी भएको बताए। 'समग्रमा यो १० दिने अभियान पाँच वा पाँचभन्दा कम निर्वाचन क्षेत्र भएका तराईका जिल्लामा सहज भए पनि विकट पहाडी तथा हिमाली जिल्लामा मौसमका कारण र पाँचभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा समेत समयभाव भएको प्रतिनिधिको गुनासोलाई मध्यनजर गरी आगामी कार्यक्रमहरू थप व्यवस्थित गर्दै लगिनेछ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.