त्रिशूलीमा बस दुर्घटना : उद्दार र उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

त्रिशूलीमा बस दुर्घटना :  उद्दार र उपचार प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिशूली बस दुर्घटनाको घाइतेहरुको उद्दार र उपचार  प्रभावकारी बनाउन निर्देशन दिएका छन्। बस दुर्घटना लगत्तै प्रधानमन्त्री दाहालले घाइतेको उद्दार  र उपचार प्रभावकारी बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका हुन्।

बुधबार बिहान काठमाडौंबाट पोखरा हुँदै बेनी जान लागेको बस गजुरी -२ धादिङको राजमार्गबाट त्रिशूली नदीमा खसेको थियो।  दुर्घटनामा १७ जना घाइते भएको धादिङ प्रहरीले जनाएको छ।

प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थलाभको कामना समेत गरेका छन्।

'काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको समाचारले दुखी तुल्याएको छु। सवारी दुर्घटनामा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु। साथै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दारकार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु,'प्रधानमन्त्रीले भनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.