नुवाकोट : नुवाकोटको बुङताङस्थित वडा कार्यालयमा आगलागी भएको छ। विदुरदेखि २५ किलोमिटर पश्चिममा रहेको म्यागङ गाउँपालिका २ को बुङताङस्थित कार्यालयमा आगलागी भएको हो।
कार्यालयमा आगलागी हुँदा लाखौं रूपैयाँ बराबरको नोक्सान भएको छ। रातको समयमा भएको आगलागीबाट वडा कार्यालयका दुई थान कम्प्युटर, प्रिन्टर, सम्पूर्ण कागजपत्र, दराज, कुर्सी, सोफा, छाप, दलिनसमेत गरी चार लाख रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
आगलागी के कति कारणले भएको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ। आगलागीबाट वडा सचिवको कार्यकक्षमा क्षति पुगेको म्यागङ गापाका प्रमुख प्रशासकीय अधिकृत रमेश सिंदनले बताए। उनका अनुसार आगलागीका सम्बन्धमा पालिका कार्यालय, प्रहरी तथा जनप्रतिनिधिहरुले स्थलगत अनुगमन गरिसकेका छन्। साविकको वुङताङ गाविस भवन हालको वडा कार्यालय रहेका कारण अर्को कोठावाट कामकाज सुचारु गरिएको अधिकृत सिंदनको भनाइ छ।
working together is no longer optional-it is a matter of
compulsion
Annapurna Media Network has announced the Unity for
Sustainability campaign which comes into force from January 1,
2022. The main aim of this campaign is to 'lead the climate
change dialogue' working closely with all the stakeholders on
sustainable development mode, particulary focusing on
climate-change issues.