जोमसोम-मुक्तिनाथ सडक अवरुद्ध

जोमसोम-मुक्तिनाथ सडक अवरुद्ध
सुन्नुहोस्

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सीमाना पान्डा खोलामा लेदो सहितको बाढीले सडक बगाउँदा जोमसोम-कागबेनी सडक बुधबार साँझदेखि अवरुद्ध बनेको छ।

दुई पालिकाको सीमाना पान्डा खोला नजिक पूर्वतर्फको लुप्रा पान्डा खोलाको बाढीले धार परिवर्तन गरी दक्षिणतर्फको मुख्य राजमार्ग सडकमा सोझिदा सडक अवरुद्ध बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्ग्याल गुरुङले जानकारी दिए। सडकतर्फ आएको बाढीले करिव २० मिटर सडक कटान गरेर क्षति पुर्‍याएको छ।

लुप्रा पान्डा खोला बाढी सडकतर्फ धार परिवर्तन गरेसँगै जोमसोम-कागबेनी सिधा सवारी साधन आउजाउको सम्पर्क बिच्छेद भएको छ। पान्डा खोलाको बाढी सडकतर्फ मोडिएपछि पैदल यात्राीलाई समेत आउजाउमा समस्या परेको अध्यक्ष गुरुङले बताए।

राष्ट्रिय गौरवको सडक अन्तर्गत लुप्रा पान्डा खोलाको जोमसोमतर्फ (दक्षिण) आयोजनाले करिव १ सय मिटर सडकमा दुईतर्फी ग्याविन वाल उठाएर एप्रोज सडक विस्तार गरेको थियो। बाढीले अझै थप क्षति गर्ने संम्भावना देखिएको छ। 

बर्खायामको मौसममा लुप्रा पान्डा खोला बाढीले बर्सेनि अनियन्त्रित हुने गर्छ। भौगोलिक रुपले खोलाको चौडाई करिव ३ सय मिटर भए पनि आयोजनाले त्यहाँ ५० मिटरको पुल निर्माण गरेको थियो । पुलसंगै ग्याविन वाल र कल्भर्ट राखेर करिव थप ५० मिटर सडक एप्रोज बनाएको थियो। पुलको भौगालिक र बैज्ञानिक प्राविधिक अध्ययन नगरी हचुवाका भरमा लुप्रा पान्डा खोलामा पुल निर्माण गर्दा बर्खायाममा खोला एकातीर पुल एकातीर हुने गरेको छ।

 लुप्रा पान्डा खोलाको बाढीले सडक संरचनामा क्षति पुगेसंगै मुक्तिनाथ जाने तिर्थालुलाई समस्या परेको छ।

फोटो क्याप्सनः लुप्रा पान्डा खोलाको बाढीले सडक कटान गर्दा मुक्तिनाथ सडक अवरुद्ध। तस्बिर : सुन्दरकुमार थकाली 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.