पछिल्लो समयका चर्चित पात्र हुन्, डा. ल्यारक्याल लामा। उनलाई वर्तमान पुष्पकमल दाहाल नेतृत्वको संयुक्त सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ।
दोहोरो नागरिकता, भारतीय रासनकार्ड/राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगीको आरोपमा उनी पक्राउ परेका थिए। २०७३ फागुन ३० मा उनको इन्भेस्टमेन्ट बैंकको लकरमा १४ थान गोली भेटिएको थियो। गोली भेटिएपछि पक्राउ परेका लामा ६६ हजार ७ सय रुपैयाँ धरौटीमा रिहा भएका थिए।
अख्तियारले २०७३ वैशाख ३० लामाविरुद्ध अकुत सम्पत्ति आर्जन गरेमा मुद्दा चलाएको थियो। उनको आयभन्दा व्यय ९ करोड ४४ लाख ७२ हजार १ सय ७९ रुपैयाँ बढी हुन आएको देखिएको छ। त्यसपछि पनि उनको रजगज कम छैन। २०७३ कात्तिक ३० मा विशेष अदालतले उनलाई सफाइ दिएको थियो।