पदको दुरुपयोग गरेर अकुत कमाइ
सो जाँच अवधिमा जम्मा आय ११ करोड १६ लाख ६४ हजार ३२ रहेकोमा ४२ करोड ६६ लाख ९० हजार ५९१ व्यय देखिएको छ। आयभन्दा व्यय ३१ करोड ५० लाख २६ हजार ५५९ बढी देखिएको अख्तियारले जनाएको छ।
पूर्वभौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जयकुमार साहले गैरकानुनी रूपमा ५ अर्बभन्दा बढीको सम्पत्ति आर्जन गरेको उजुरी पर्यो। उजुरीपछि अख्तियारले साहले सार्वजनिक पद धारण गरेको मिति २०६५ जेठ १४ गतेदेखि मिति २०७३ असार ३२ सम्म अनुसन्धान गर्यो।
सो जाँच अवधिमा जम्मा आय ११ करोड १६ लाख ६४ हजार ३२ रहेकोमा ४२ करोड ६६ लाख ९० हजार ५९१ व्यय देखिएको छ। आयभन्दा व्यय ३१ करोड ५० लाख २६ हजार ५५९ बढी देखिएको अख्तियारले जनाएको छ।
उनले बाबु साधु साह सुडी, आमा दुलारी देवी सुडी, श्रीमती रंगिला देवी, निज सञ्जयकुमार साहका भाइ रामकुमार साह, संजयकुमार साहका कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारीहरू राम मिलन राउत कुर्मी र मनोजकुमार सिंहको श्रीमती निलम सिंह समेतको नाममा आफूले गैरकानुनी रूपमा आर्जन गरेका सम्पत्तिहरू राखेको पाइएको छ। अख्तियारले उनीविरुद्ध मुद्दा नचलाए पनि बयान भने लिएको थियो।