पदको दुरुपयोगले करोडौं आर्जन

पदको दुरुपयोगले करोडौं आर्जन
सुन्नुहोस्

नाम :  चिरञ्जीवी वाग्ले

पद :  सञ्चारमन्त्री 
अकुत कमाइ :  ३ करोड २९ लाख ५५ हजार 
मुद्दा दर्ता :  २०५९ पुस ३ गते 
हालको अवस्था :  दोषी ठहर 

चिरञ्जीवी वाग्ले नेपाली कांग्रेसका प्रभावशाली नेता थिए। उनको राजनीतिक प्रभाव ठूलै थियो। २०४६ को राजनीतिक परिवर्तनपछि पटकपटक मन्त्री भएका उनले सूचना तथा सञ्चार मन्त्रालय पनि सम्हालेका थिए। मन्त्रीमा बहाल रहेकै अवस्थामा अख्तियारले वाग्लेविरुद्ध २०५९ पुस ३ मा ३ करोड २९ लाख ५५ हजार रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा चलाएको थियो। उनी अकुत सम्पत्ति आर्जनमा सजाय पाउने पहिलो मन्त्री पनि हुन्।

२०४८ जेठ १५ देखि २०४८ पुस १५ सम्म आपूर्ति मन्त्री बनेका उनी २०५२ असोज ६ देखि २०५३ फागुन २९ सम्म सूचना तथा सञ्चार, २०५५ वैशाख ८ देखि २०५५ भदौ १० सम्म भूमिसुधार तथा व्यवस्था र वाणिज्य, २०५५ भदौ १० देखि २०५५ पुस १० सम्म भूमिसुधार तथा व्यवस्था, २०५६ जेठ १७ देखि २०५६ असार १६ सम्म भूमि सुधार तथा वाणिज्य, २०५६ असार १६ देखि २०५६ चैत ८ सम्म स्थानीय विकास, महिला तथा समाज कल्याण, २०५८ कात्तिक २ देखि २०५९ असोज १८ सम्म भौतिक योजना तथा निर्माणमन्त्री भएका थिए। अख्तियारले मन्त्री वाग्लेसहित श्रीमती शान्तादेवी वाग्ले, छोरा देवेन्द्र वाग्ले र बुहारी अञ्जु शर्मा वाग्लेलाई प्रतिवादी बनाएको थियो।

उनले मन्त्री भएपछि ठाउँठाउँमा जग्गा किनेको, बैंकमा अथाह मौजात राखेको, विभिन्न वित्तीय संस्थाको सेयर खरिद गरी अस्वाभाविक सम्पत्ति आर्जन गरेको अनुसन्धानमा भेटिएको थियो। 

२०६१ साउन ७ मा विशेष अदालतले २ करोड ७२ लाख ५८ हजार भ्रष्टाचार गरेको ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको थियो। विशेष अदालतको फैसलाविरुद्ध वाग्लेले सर्वोच्चमा पुनरावेदन गरेका थिए। तर, अदालतले ०६७ मा २ करोड ३ लाख रुपैयाँ जरिवाना र १८ महिना जेल सजायको फैसला सुनाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.