अध्यक्षको अकुत कमाइ
उनी २०५४ साउन १ गते सार्वजनिक पदमा सेवा प्रवेश गरेका थिए। उनले २०७० साउन ४ सम्ममा १ करोड ८५ लाख ५१ हजार ७३८ आम्दानी गरेका थिए। तर, खर्च भने ३ करोड ७९ लाख ५८ हजार ७१ गरेको देखिएको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनका अध्यक्ष डा. भक्तमान श्रेष्ठले अस्पतालमा प्रवेश गरेदेखि नै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएको छ।
उनी २०५४ साउन १ गते सार्वजनिक पदमा सेवा प्रवेश गरेका थिए। उनले २०७० साउन ४ सम्ममा १ करोड ८५ लाख ५१ हजार ७३८ आम्दानी गरेका थिए। तर, खर्च भने ३ करोड ७९ लाख ५८ हजार ७१ गरेको देखिएको छ।
उक्त अवधिमा उनको आयको तुलनामा व्यय १ करोड ९४ लाख ६ हजार ३३३ बढी देखिएको छ। २६ लाख ४९ लाख २२० बढी व्यय भएको हदसम्मको रकमलाई न्यायोचित खर्च मान्दा पनि श्रेष्ठले जम्मा १ करोड ६७ लाख ५७ हजार ११३ गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको छ।
विशेष अदालतले श्रेष्ठलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले २०७५ कार्तिक १३ गते श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७७६ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।