चुरियामाई बस दुर्घटना : ७ मृतकमध्ये ६ जना भारतीय

चुरियामाई बस दुर्घटना : ७ मृतकमध्ये ६ जना भारतीय
सुन्नुहोस्

बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा महोत्तरी लोहरपट्टीका ४१ वर्षीय बिजयलाल पण्डित रहेका छन्। मृत्यु हुने भारतीयहरुमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मिरादेवी, बैजन्तीदेवी, श्रीकान्त चतुर्वेदी, राजेन्द्र चतुर्वेदी, सत्यवती रहेका छन्।

सिमरा : पथलैया-हेटौंडा सडकखण्ड अन्तर्गत चुरियामाईमा भारतीय तीर्थयात्री चढेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। 

काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको प्र-३-००१-ख ७९९४ नम्बरको बस बुधबार राती १ बजे जीतपुरसिमरा २२ स्थित चुरियामाईको ओरालोमा दुर्घटना भएको हो। बस सडकदेखि करिब १५ मिटर तल खोलामा खसेको छ। 

तीव्र गतिका कारण भएको दुर्घटनामा मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेका छन्। मृतकमध्ये ६ जना भारतीय र एक जना नेपाली रहेका छन्। 

बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा महोत्तरी लोहरपट्टीका ४१ वर्षीय बिजयलाल पण्डित रहेका छन्। मृत्यु हुने भारतीयहरुमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मिरादेवी, बैजन्तीदेवी, श्रीकान्त चतुर्वेदी, राजेन्द्र चतुर्वेदी, सत्यवती रहेका छन्। 

दुर्घटनामा घाईते भएका १७ जनाको हेटौडास्थित अस्पतालमा उपचार भइरहेको छ। 

घाइते हुनेमा भारत राजस्थानका घनश्याम चतुर्वेदी, माया देवी, अनिल कुमार, चारावती चुतर्वेदी, श्यामलाल माली, हरवारी माली, चौथी देवी, सुरेश चक्रवर्ती, रामप्रसाद, धरम सिंह, इन्दु धानुक, रामकुमार चतुर्वेदी, १६ वर्षीया गर्बिदा चतुर्वेदी र ९ वर्षीया क्रितिका चतुर्वेदी रहेका छन्।

यसैगरी महोत्तरी जलेश्वरका बिहारी मुखिया, धनुषा मौवा गाँउपालिका १८ का घुरन मण्डल, महोत्तरी लोहारपट्टी ५ का जसबेन्दर पासवान घाइते भएको बाराका प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिएका छन्। 

जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित चुरियामाईको ओरालोमा बस दुर्घटना भएको हो। सडकबाट खोलामा बस खसेकाले तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

दुर्घटनालगत्तै चालक फरार भएका थिए। चालकलाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।

प्रहरीले एक घण्टापछि घटनाको सूचना पाएको थियो। सूचना ढिलो पाएका कारण उद्धारमा केही ढिलाई भएको प्रहरी उपरीक्षक बोगटीले बताए। सकुशल भएपछि समयमै दुर्घटनाको विषयमा जानकारी गराउनुपर्ने चालक भागेर धनुषा पुगेको र घाइते यात्रु सडकमा निस्किएर घटनाबारे जानकारी गराउदा ढिलो हुन पुगेको बोगटीको भनाई छ। 

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरीको टोली घटनास्थलमा खटिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.