बेपत्ता पुरुष जंगलमा मृत भेटिए

बेपत्ता पुरुष जंगलमा मृत भेटिए
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–३ स्थित जंगलभित्र बुधबार साँझ एकजना पुरुष मृत फेला परेका छन् । सालबारी सामुदायिक वनभित्र उर्लाबारी–७ का ६० वर्षीय गंगाबहादुर पौडेलको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

‘पौडेल दुई दिनदेखि बेपत्ता बनेको खुलेको छ,’उनले भने,‘सुरुमा पहिचान खुलेको थिएन । पछि बुझ्दै जाँदा शव पौडेलको रहेको पत्ता लागेको हो । '

घाँस दाउरा गर्न जंगल गएकाहरूले साँझ ५ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । घटनास्थलनजिकै विषादीको जस्तो देखिने बट्टा फेला परेको छ । विषादी सेवनबाटै मृत्यु भएको हो कि घटनाको अरु कुनै कारण छ भन्ने यकिन हुन बाँकी रहेको डीएसपी दाहालले बताए । 

उनका अनुसार शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लागिएको छ । ‘घटना शंकास्पद देखिएको छैन । मृत्युको कारण भने यकिन हुन बाँकी छ,’ उनले भने, ‘शवलाई पोस्टमार्टमाका लागि लगेर घटनाको अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानपछि मृत्युको कारण पत्ता लाग्छ ।’ 

पहिल्यैदेखि ‘डिप्रेशन’को समस्या रहेका पौडेलले नियमित औषधि सेवन गर्ने गरेको जानकारी परिवारका सदस्यले दिएको डीएसपी दाहाल बताउँछन् । उनका अनुसार पौडेल घरबाट २ दिनअघि बेपत्ता भएको खुलेको छ । 

‘परिवारका सदस्य कसैलाई पनि जानकारी नगराइकन पौडेल घरबाट हिँडेको पाइएको छ,’उनले भने,‘यस विषयमा पनि थप अनुसन्धान भइरहेको छ ।’ दाहालका अनुसार उनी गत सोमबार साँझ ५ बजेदेखि परिवारबाट सम्पर्कविहीन बनेको पाइएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.