ठगी गरेको ५० लाख रुपैयाँलाई ओछ्यान बनाई सुतिरहेको अवस्थामा दुई जना पक्राउ
काठमाडौं : सामाजिक सञ्जालमार्फत् ठगी गर्ने दुई जनालाई प्रहरीको साइबर व्युरोले पक्राउ गरेको छ। पचाल लाख रुपैयाँको ओछ्यान ल्गाएर सुतिरहेको अवस्थामा साइबर व्युरोको टोलीले पर्साका ३० वर्षीय राजकुमार पण्डित र रौतहटका २१ वर्षीय उमेशकुमार यादवलाई पक्राउ गरेको हो।
उनीहरूलाई कपुण्डोलको गुसिगालबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए। उनका अनुसार पक्राउ परेका उनीहरूले टीकटक, फेसबुक, वाट्स एपलगायतबाट लक्की ड्रमा आइफोन जितेको बताउँदै ट्याक्सका नाममा ठगी गर्दै आएका थिए।
उनीहरूको साथमा रहेको ४९ लाख ९५ हजार रुपैयाँ, १२ थान मोबाइल र १८३ थान सिम बरामद गरिएको प्रहरीको भनाइ छ। काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्यान थप भई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।