विचार क्षयीकरणले राष्ट्रको दुर्दशा
सारांशमा भन्नुपर्दा, नेपाली कांग्रेस समाजवादी रहेन। कम्युनिस्टहरू पनि समाजवादी रहेनन्।
राजनीति र विदेशी खेल : नेपाली राजनीतिमा सार्थक लोकतन्त्रका मान्यता एकपछि अर्को गर्दै पतन भइसकेका छन् भन्दा अत्युक्ति हुँदैन। राजनीतिक दलहरू सीमित नेताका स्वेच्छाचारी नियन्त्रणमा छन्। राजनीतिक दल दलीय स्वार्थको नियन्त्रणमा छन् र नेताहरू ‘विदेशी प्रकट एवं छद्म खेलका नियन्त्रणमा छन्।’ यो यथार्थ राष्ट्रले भोगिरहेको दुर्भाग्य हो।
राजनीतिक दलहरूले सर्वमान्य लोकतान्त्रिक मूल्यमान्यताका अधीनमा आफूलाई राख्न सकेनन्। मुख्य कारण, दलहरूमा मौलाएको राजनीतिक नैतिकताको क्षय राजनीतिक दलहरूमा पलाउनै नसक्ने गरी विचारको क्षय भएको छ। पुष्टि भइसकेको छ कि ‘नेपाल विदेशीहरूको नियन्त्रित अस्थिरता’को दलदलमा गाडिएको छ। विदेशीहरूले नेपालको अस्तित्व भत्काउन त सकेका छैनन् तर यस देशका जनतालाई आत्मनिर्णयको अधिकारबाट वञ्चित गर्न सफल भएका छन्। उनीहरू नेपालको राजनीतिलाई भूराजनीतिसँग जोडेर हेरिरहेका छन्। उनीहरूभित्र पनि भारत र अमेरिकाका आआफ्ना पृथक् स्वार्थहरू छन्। उनीहरूका भूराजनीतिक स्वार्थलाई तटस्थीकरण गर्दै आफ्नो सिमानाको सुरक्षा गर्र्ने कूटनीतिमा चीन पनि सक्रिय छ। ‘नियन्त्रित अस्थिरताको’ आयामभित्र अमेरिका नेपालको भूमि चीनलाई घेर्ने रणनीति कार्यान्वयनका लागि प्रयोग गर्न चाहन्छ। भारत नेपाललाई चीनबाट पृथक् गर्दै नेपालको भूमिलाई आफ्नो बफर (बीचमा खाली क्षेत्र) बनाउन चाहन्छ। चीन उनीहरूले नेपालको भूमिलाई प्रयोग गरेर आफ्नो सुरक्षालाई चुनौती दिन नसकुन् भन्ने चाहन्छ। यस अर्थमा ‘नियन्त्रित अस्थिरताको’ मुख्य चालक अमेरिकी नेतृत्वमा पश्चिमी (नाटो र ईयू) शक्ति हो भन्ने कुरा स्पष्ट देखिन्छ।
भारत नेपालको स्वाधीनताबाट खोसेर नेपाली जनताको राजनीतिक आर्थिक तथा सांस्कृतिक आत्मनिर्णयको अधिकार’ अधीनमा राख्न चाहन्छ। यसमा साथ दिने नेपालमा थुप्रै लुमडी छन्। भारत नेपालको स्वतन्त्रतालाई मार्गनिर्देशित गर्न चाहन्छ। पछिल्लोपटक सांस्कृतिक हस्तक्षेप सुरु भएको छ। नेपाललाई ‘अखण्ड भारत’ भनी नक्सामा राख्नु सांस्कृतिक प्रभुत्वको उदाहरण हो। भारत कांग्रेस र कम्युनिस्ट पार्टीलाई ‘फकाई र दबाब’मा नजिक राख्न सफल भएको छ।
२०६३ पछि राजनीतिक विचारको क्षयीकरणसँग ‘भ्रष्टाचारले’ सम्बन्ध गाँस्यो। ‘राजनीतिक क्षयीकरण र भ्रष्टाचारको’ गठजोडले एउटा दुष्ट कुचक्र निर्माण ग¥यो। कुचक्रले राजनीतिमा एकाधिकारवादी वित्त पुँजीवादको दर्शन स्थापित ग¥यो। त्यसले राजनीतिमा नेतालाई धन सोर्ने व्यापारी बनायो। नेपालको राजनीतिको बागडोर धनी नेता र राजनीतिक व्यापारीका हातमा छ। यस कलुषित गठजोडभित्र ‘आपराधिक वित्तीय धन्दा’ (माफियातन्त्र) मौलाएको छ, जोसँग भ्रष्टाचार आवास गर्छ।
विचारको जग र अन्तर्विरोधको विश्लेषण : कांग्रेसको प्रजातान्त्रिक समाजवाद जर्मन माक्र्सवादी वर्नस्टिन र ब्रिटिस अर्थशास्त्री केएनेसबाट प्रभावित थियो, जसले एकाधिकार पुँजीवादमा अनेक समस्या देखेका थिए। म्यानार्ड केएनेसले ‘निजीकरण र खुल्ला बजारले स्वत: बेरोजगारी हल गर्छ’ भन्ने कुरालाई झुटो प्रमाणित गरे। उनकै सिद्धान्तलाई आत्मसात् गरेर अमेरिकाले १९३० को आर्थिक मन्दीलाई सम्बोधन ग¥यो। रेगान र थ्याचरले भने यस सिद्धान्तको घाँटी निमोठे। आज बेलायत र अमेरिका दुुवै प्रभुत्वादका नाइके त छन् तर उनीहरू अर्थन्तन्त्रमा टाट पल्टिए।
कांग्रेसका रामशरण महत र उनका गिरोहले रेगान र थ्याचरका पाइतालामा हिँड्दै बीपीले रोपेको कांग्रेसी समाजवादको बिरुवा उखेली दिए। कम्युनिस्ट पार्टीका केही नेता भने सन् १९९० को सोभियत युनियनको विघटनको सम्बन्धलाई लिएर अमेरिकी विद्वान् फ्रान्सिस फुकुयामाको ‘इतिहासको अन्त्य भयो’ भन्ने आख्यानबाट प्रभावित भए। पश्चिमी जगत्ले गरेको समाजवाद विरोधी अफवाहको पछाडि कुदेर ‘सोभियत युनियन’को विगठन भनेको समाजवादको विघटन हो। भारत र चीनबीच हुने तनावबाट नेपालले मुक्ति पाउने उपाय भनेको पश्चिमी देशहरूसँग नजिकको सम्बन्ध कायम गर्दै चीनसँग दूरी कायम गर्नु हो भन्ने मान्यतामा पु¥यायो। यिनै मान्यताले उनीहरूलाई चीनसँगको ‘बीआरआई’ सम्झौतालाई पछाडि धकेलेर एमसीसीको सम्झौता अनुमोदनतर्फ आकर्षित ग¥यो।
सारांशमा, नेपाली कांग्रेस समाजवादी रहेन। कम्युनिस्टहरू पनि समाजवादी रहेनन्। कांग्रेस समाजवादी रहेन किनभने यसले घोषित रूपमा वित्त पुँजीवाद (एकाधिकार पुँजीवाद)को जननी नवउदारवादलाई आर्थिक सिद्धान्तको रूपमा ग्रहण ग¥यो। सत्तासीन कम्युनिस्टहरू समाजवादी रहेनन् किनभने उनीहरूले माक्र्सवाद–लेनिनवादी सिद्धान्तहरू छोडिदिए। अत: कांग्रेस र कम्युनिस्टमा विचारको क्षयीकरण भयो भन्नुको तात्पर्य हो– उनीहरूले सार्वजनिक अर्थतन्त्रलाई अस्वीकार गर्दै ‘खुल्ला बजारले स्वत: आर्थिक विकास सुनिश्चित गर्छ’ भन्ने विश्वास गर्नु हो।
अत: उनीहरूले राष्ट्रिय स्रोतमा आधारित उत्पादनद्वारा अर्थतन्त्रको निर्माण गर्नुपर्ने रणनीतिलाई त्यागिदिए। पुँजीको लगानीद्वारा वस्तुको उत्पादन गरी मुनाफा आर्जन गर्ने उत्पादन पुँजीवादलाई त्यागेर ‘पैसाले पैसा’ उत्पादन गर्ने वित्त पुँजीवादको बाटोमा समाते। यसका अतिरिक्त उनीहरू नागरिकलाई व्यवसाय दिई रोजगार उत्पादन गर्न होइन, विदेशी सहायताबाट देशको विकास गर्ने सपना देख्न थाले र श्रमको निर्यातबाट रेमिट्यान्स कमाउने नीतिमा लागे। विचारको क्षयीकरणले कांग्रेस र कम्युनिस्ट पार्टीलाई वित्त पुँजीवाद, नवउदारवाद र माफियातन्त्रको दलदलमा खसाल्यो। उनीहरू ‘नुनिलो गुण नभएका नुन बने।’ उनीहरूलाई यस ‘दलदल’मा खसाल्ने तुरूप थियो पश्चिमी शक्तिले निर्माण गरेको ‘नियन्त्रित अस्थिरता’ जो समाजवाद विरोधी, राष्ट्रियता विरोधी, रैथाने संस्कृति विरोधी ‘वित्त पुँजीवाद र उपभोक्तावाद’का अनुहारमा प्रकट हुन्छ
कांग्रेस र कम्युनिस्टहरूले विदेशी हस्तक्षेपविरुद्ध झिनो भए पनि प्रतिरोध गरे। त्यसैकारण संविधानमा ‘राज्यको ढाँचा समाजवादउन्मुख’ हुनेछ भनी लेखियो। तर नियन्त्रित अस्थिरताको तुरुपमा रहेका यी दलहरूले ‘चर्च र राज्य’लाई पृथक् गर्न ल्याइएको ‘रिलिजन निरपेक्षता’को सिद्धान्त संविधानमा रोपिदिए। पश्चिमी प्रभावमा रहेका राजनीतिक दलहरूले ‘विश्वबैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, वासिङ्टन कन्सेन्सस्’का वित्तीय पुँजीवादी नीति बोक्ने नवउदारवादलाई यथावत् राखे। भन्सार र मूल्य अभिवृद्धि करबाट राजस्व बढाउन निर्यातलाई वञ्चित गरी आयात प्रवद्र्धन गरे। समाजलाई उपभोक्तनवादी बनाए। रैथाने संस्कृतिका ठाउँमा पश्चिमीकरण गरे। विदेशी विश्वविद्यालयका शैक्षिक संस्था खोल्न दिएर अर्बौंको रकम विदेश पठाए। नेपाली शिक्षालाई दलीयकरण गरी ‘विद्यार्थी विदेश पठाएर अर्को अर्बौ विदेश उडाए। उद्योगहरू बन्द गरेर श्रमिकहरू विदेश पठाई जमिन बाँझो राखे। यो अमानवीय पुँजीवादी अर्थतन्त्र कार्यान्वयन गर्दै राज्यलाई भने समाजवादउन्मुख घोषणा गरे।
यो अन्तर्विरोधी राजनीतिक दृष्टिकोणलाई हेर्दा राजनीतिक दलमा ‘समाजको परिवर्तनमा गतिशक्तिको भूमिका खेल्ने’ अन्तर्विरोधहरूको विश्लेषण गर्ने चाहना र क्षमता छैन भन्ने देख्न सकिन्छ। यसलाई नै विचारको क्षयीकरणको प्रमाण हो भन्न सकिन्छ, जसले ‘नियन्त्रित अस्थिरता’लाई सहजता प्रदान गर्छ। अर्थात्, राजनीतिक दलमा विचारको क्षय भनेको ‘समाजमा अराजकता र नैतिकताहीन संस्कारको निर्माण गर्नु हो। विगत निर्वाचनमा राजनीतिक दलहरूले ‘विचार क्षयीकरणले जन्माएका प्रवृत्तिबापत’ जनताबाट सजाय पाए। समाजमा ‘विकल्प’को उदय भएको चर्चा पनि भयो। प्रतीकात्मक ढंगले नेपाली ‘घण्टी’लाई कान खोल्ने र ‘लौरो’लाई सजाय दिने उपमा प्रस्तुत गर्न थाले। युवा मूल प्रवाहका दलहरूले पराजयका भोग्दा खुसी भए। नेपालको राजनीतिमा भरपूर प्रतीकात्मकता त जन्मियो तर सिर्जनात्मकता उदाउन सकेन।
विकल्प ‘घण्टी र लौरो’मात्र रहे, विचार चैं रहेन। आज नेपालको संसद्मा दुई खालका राजनीतिक शक्तिको बजार लागेको छ। विगतमा विचारले दुनियाँ बदल्छ भन्नेहरू जनतालाई निराश पार्दै आज विचार क्षय भएका दल बनेका छन् भने ‘विचारको बारेमा छलफलले गर्न नचाहने जनताले विकल्प देखेका उदीयमान राजनीतिक दल अर्कोतर्फ छन्।’ के वित्त पुँजीवादले आम गरिब जनतालाई बाँच्न दिन्छ कि दिँदैन ? किन त्यसो हुन्छ ? किनभने नेपालको अर्थतन्त्र सीमित खासजातका मानिसको एकलौटी अधीन छ। आज नेपालमा ‘नवउदारवादले समाजवादको घाँटी निमोठेको छ, किनभने समाजवादी भन्नेहरू संविधानमा राज्यलाई समाजवादको बाटो देखाएर आफूहरू नवउदारवादको संरक्षण गरिरहेका छन्। त्यसैले देशभक्त समतावादीहरूका आँखा खुल्नुपर्ने अवस्था छ।