रहेनन् साहित्यकार तुल्सी थापा
बागमती : शिक्षा सेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन भएको छ । मकवानपुरका ७८ वर्षीय थापाको उपचारका क्रममा आज चितवनस्थित पुरानो मेडिकल कलेजमा निधन भएको हो।
थापा लामो समयदेखि मुटुसम्बन्धी समस्या,निमोनिया,मधुमेह,रक्तचापलगायत समस्याबाट पीडित थिए। साहित्यकार थापा केही महिनादेखि अस्पताल भर्ना गरिएको थियो।
थापाका दाना कविता सङ्ग्रह ‘एक निमेष अनन्तको’,नाटक ‘अमर सिंहको खोजीमा अमर सिंह’ र कथासंग्रह ‘फरक आकाश’लगायत साहित्यिक सिर्जना प्रकाशित छन्।
गोरखा दक्षिण बाहु चौथो, नारायणी वाङ्मय पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका थापा भीम विराग सङ्गीत, साहित्य,कला प्रतिष्ठानका पूर्वअध्यक्षसमेत हुन् । थापाको आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ।