मदन भण्डारी लोकमार्ग फेरि अवरुद्ध

मदन भण्डारी लोकमार्ग फेरि अवरुद्ध
मदन भण्डारी लोकमार्गको कटारी नेपालटार खण्डमा पर्ने मौवासि पुल नजिक खसेको पहिरो। तस्बिर : भरत खड्का
सुन्नुहोस्

उदयपुर : लगातार वर्षाका कारण मदन भण्डारी लोकमार्ग पुनः अवरुद्ध भएको छ। राजमार्गको उदयपुरको उदयपुरगढी गाउँपालिका-६ स्थित मौवासी खोला नजिकको पहिरो बगेर सडक पुरिँदा बिहीबार रातिदेखि सडक अवरुद्ध भएको हो। 

बिहीबार बिहानदेखि निरन्तर पानी परेर सडकमाथि पहिरो खस्दा ५० मिटर सडक अवरुद्ध भएको आयोजना कार्यालय प्रमुख गोपालप्रसाद खकुरेलले बताए। 

अवरुद्ध सडक सञ्चालन गर्न कार्यालयले जेसिबी र लोडर प्रयोग गरे पनि पानी नरोकिएका कारण सम्भव नभएको उनले बताए। सडक अवरुद्ध हुँदा शुक्रबार बिहानैदेखि पूर्वबाट राजधानी काठमाडौं र काठमाडौंबाट पूर्वतर्फ हिँडेका सवारी साधनहरू वारिपारि नै सडकमा जाम लागेर बसेका छन्। सडक जाम हुँदा पश्चिमबाट आएका सवारीसाधन कटारी र पूर्वबाट आएकाहरू गाईघाटमा रोकी महेन्द्र राजमार्गबाट पठाइएको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.