जुवातास खेलिरहेका वडाध्यक्षसहित ९ जना पक्राउ
काभ्रे :काभ्रेमा जुवा खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले जुवा खेलिरहेको अवस्थामा पाँचखाल नगरपालिका-१२ का वडाध्यक्ष ज्ञानबहादुर दनुवारसहित ८ जनालाई पक्राउ गरेको हो।
वडाध्यक्ष दनुवारसहित अन्य ८ जनालाई पाँचखाल नगरपालिकासँगै रहेको एउटा घरबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कांग्रेसबाट निर्वाचित वडाध्यक्ष केही महिनाअघि पनि जुवा खेलिरहेको समयमा पक्राउ परेर छुटेका थिए। जुवाको खालबाट नगद १ लाख ९० हजार रकम र ९ जना जुवा खेल्नेहरू पक्राउ गरिएको कार्यालयले जनाएको छ।