छाडा चौपाया व्यवस्थापन कार्य उत्पादन र रोजगारीसँग जोड्छौं : मुख्यमन्त्री चौधरी
कपिलवस्तु : लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा देखिएको छाडा चौपाया व्यवस्थापनलाई उत्पादन र रोजगारीसँग जोडेर दीर्घकालीन समाधान गरिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए।
बुद्धभूमि नगरपालिकाले हनुमान चौक बुढ्ढीमा आयोजना गरेको छाडा चौपाया व्यवस्थापन सम्बन्धी सरोकारवालाहरूसँगको बृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री चौधरीले यसै हप्ता प्रदेश सरकारले विशेष कार्ययोजनाका साथ छाडा चौपाया व्यवस्थापनको कार्य अघि बढाउने बताए।
प्रदेश विकास समिति मार्फत प्रदेशका १२ जिल्लाका १ सय ९ पालिकालाई समावेश गरी छाडा गाई गोरु व्यवस्थापनका लागि विज्ञ समूह गठन गरी १ महिनाभित्र गाई गोरुको ग्रेडिङको काम सम्पन्न गर्ने मुख्यमन्त्री चौधरीले बताए।
विकास समितिको बैठकमा आफूले छाडा चौपाया व्यवस्थापनको विषयलाई प्राथमिकताका साथ उठान गर्ने पनि बताए।