मन्त्री क्वाटरमा बस्न सधैं लिगलिगे दौड हुन्छ, त्यसको अब अन्त्य होस् : प्रधानमन्त्री

मन्त्री क्वाटरमा बस्न सधैं लिगलिगे दौड हुन्छ, त्यसको अब अन्त्य होस् : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले पुल्चोकस्थित मन्त्री क्वाटरमा बस्नका लागि सधैं लिगलिगे दौड हुने गरेको बताएका छन्।

भैँसेपाटीमा आयोजित प्रमुख र मुख्यमन्त्रीका लागि तयार गरिएको सरकारी निवास हस्तान्तरण कार्यक्रममा बोल्दै उनले संघीय मन्त्रीका लागि पनि मन्त्रालयपिच्छे एक भवनको आवश्यकता रहेको बताए।

'मन्त्री बनेपछि पुल्चोकस्थित मन्त्री क्वाटरमा को पहिला बस्न जान्छ भनेर लिगलिग दौडजस्तो हुन्छ। कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका भवनहरू बनेपछि यहाँ लिगलिगे दौड गर्न परेन। जो-जो मुख्यमन्त्री वा प्रदेश प्रमुख बन्नुहुन्छ उहाँहरू बस्नुहुन्छ,' उनले भने, 'त्यसरी नै संघीय मन्त्रीको क्वाटर पनि बन्दैछ। त्यहाँ पनि लिगलिगे दौड हुने वातावरण बन्द गरिदिनु हुन सहरी विकास मन्त्रीज्युलाई आग्रह गर्न चाहन्छु,' उनले भने।

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि निर्मित भवनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागतमा टेवा पुगेको बताए। 'हामीमाथि अहिले पनि संघीयता कार्यान्वय भएन भन्ने प्रश्नहरू तेर्सने गर्छन्। यो भवनहरूको उद्घाटनले संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत किन गरिनस् भन्नेहरूलाई यो भवन उद्घाटन जवाफ हो,' उनले भने।
 
उनले सरकारको प्राथमिकता स्थायित्व र सुशासन रहेको बताए। ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिलको कार्यालय आज मुद्दा दर्ता गरेको बताउँदै प्रधानमन्त्री दाहालले सुशासनमा सरकारको एक कदम अघि बढ्ने दिन भएको बताए। उनले मुलुकलाई विधि र विधानमा चलाउनेगरी आफूहरू लागिपरेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.