जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट भारतीय नागरिकलाई नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट भारतीय नागरिकलाई नेपाली नागरिकता
सुन्नुहोस्

कपिलवस्तु : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिएको छ। नातामा ज्वाई पर्नेलाई छोरा बनाएर नागरिकता जारी भएको गोप्य रहस्य बाहिरिएको हो। 

स्थानीय महाराजगन्ज नगरपालिका-३ वरगदीका राधेश्याम बरई विरुद्ध झुठो विवरण पेश गरी भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको उजुरी परेपछि यस्तो खुलासा भएको हो। उजुरी प्राप्त हुना साथ जिल्ला प्रशासन कार्यालयले घटनाको छानविन तथा अनुसन्धान कार्य सुरु गरी सकेको छ।  

आरोपी वरईले आफ्नी जेठी छोरीका पति भारतमा धरमविर भनिनेलाई आफ्नो छोरा बनाएर रामकुमार बरईको नामबाट नागरिकता बनाएको उजुरीमा उल्लेख गरिएको छ। 

नागरिकता प्राप्त रामकुमार बरई भारतको सिद्धार्थनगर थाना पचगवा मौजा अटकोनिया बस्ने खुनखुन बरईको छोरा धरमविर बरई हुन्। उनलाई आफ्नो छोरा बनाएर राधेश्याम बरईले नागरिकता दिलाएका छन्। उनी भारतमा धरमवीर र नेपालमा रामकुमारको नामबाट काम काज गर्दै आएका छन्। 

राधेश्याम बरईले महाराजगंज नगरपालिका-३ बाट आफ्ना ज्वाई भारतीय नागरिक राम कुमारको जन्म दर्ता बनाएका थिए। सोही जन्म दर्ताको आधारमा झुठो विवरण पेश गरी आफ्ना ज्वाईलाई छोरा बनाई नागरिकता प्रमाण पत्र दिलाएको भन्दै स्थानीयले राधेश्याम वरई विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन्।

यस विषयमा कार्यालयमा उजुरी आएको र सो उजुरी उपर गम्भीर ढंगबाट छानविन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.