मकवानपुरमा अपहरणको नाटक गर्ने व्यक्ति पक्राउ

मकवानपुरमा अपहरणको नाटक गर्ने व्यक्ति पक्राउ
सुन्नुहोस्

हेटौंडा: मकवानपुरमा आफैं लुकीछिपी बसेर अपहरणको नाटक गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-५ का ४६ वर्षीय कुमार प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनी आज बिहान ५ बजे मनहरी गाउँपालिका-४ स्थित नयाँबस्तीमा भन्ने स्थानमा सूर्यबहादुर प्रजाको घर नजिकैको अनुग्रह चर्चबाट पक्राउ परेका हुन्। 

प्रजा गत भदौ ३ गते बिहान ११ बजे आफ्नै घरबाट हराएको भन्दै उनको श्रीमती आइतीमाया चेपाङले खोजतलास गर्न भन्दै प्रहरी कार्यालयमा हुलिया सहितको निवेदन दिएकी थिइन्।

‘स्थानीय कुमार प्रजा र निर्मल भन्ने सानु बाबु रुम्बाबीचमा आर्थिक लेनदेन रहेको र दुवै जना बीच वादविवाद भएकोमा निर्मल भन्ने सानु बाबु रुम्बाले श्रीमानलाई बेपत्ता पारी अपहरण समेत गरेको हुन सक्ने भएकाले श्रीमानको खोजतलास गरी पत्ता लगाइ आवश्यक कारबाही गरी पाउँ भनि कुमारको श्रीमती आइतीमाया चेपाङले यस कार्यालयमा हुलिया सहितको निवेदन दिएकीमा कुमार प्रजाको खोजतलास तथा गोप्य रुपमा अनुसन्धान गर्दै जाने क्रममा कुमारको श्रीमती तथा अन्य परिवारका सदस्यहरूसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेको समेत खुल्न आयो।’

आइतबार पत्रकार सम्मेलन गर्दै मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले भने, ‘कुमार मनहरी–४ नयाँबस्तीस्थित सूर्यबहादुर प्रजाको घर नजिकै रहेको भन्ने सूचनामा खोजी गर्ने क्रममा सूर्यको घर नजिकैको अनुग्रह चर्चमा फेला पारी तपाई आफै घरबाट निस्की आफै लुकीछिपी बसी किन अपहरण भएको भनि झुट्टो अफबाह फैलाउनु भएको हो भनि सोधपुछ गर्दा उहाँले विभिन्न अश्लील शब्दहरू बोली खटिएको प्रहरी टोलीसँग विवाद गरी अभद्र व्यवहार गरेको हुँदा उहाँ विरुद्ध तत्काल जरुरी पक्राउ पूर्जी जारी गरेर पक्राउ गरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य गरिरहेका छौँ।’

पक्राउ परेका कुमारमाथि थप अनुसन्धान भइरहेको एसपी रिजालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.