५० ग्राम ब्राउन सुगरसहित तीनजना पक्राउ

५० ग्राम ब्राउन सुगरसहित तीनजना पक्राउ
सुन्नुहोस्

झापा : झापा गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।  मोरङ जिल्ला उर्लाबारी नगरपालिका-७ का २७ वर्षीय विनोद लिम्बू, सोही नगरपालिका-१० का २६ वर्षीय सुरेश धिमाल र झापा गौरादह नगरपालिका -४ का २५ वर्षीय सन्देश लिम्बूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए ।

झापा-१ बेलायतीबारीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाका इन्स्पेक्टर दिपेन्द्रमणी राईको कमान्डमा खटिएको सशस्त्र प्रहरीले टोलीले आइतबार राती सवा ९ बजेको समयमा दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ब्राउन सुगरजस्तो देखिने ५० ग्राम लिसाइलो पदार्थ, तीन थान मोबाइल र नगद ५१ हजार ८८५ रुपैयाँ फेला परेको थियो । 
सशस्त्रले  प्रदेश १-०२-०४७ प ७०४२ र को २१ प १०४० नम्बरको मोटरसाइकल, ब्राउन सुगर र नगदसहित पक्राउ परेका तीनै जनालाई थप कानुनी कारबाहीका लागि  नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.