बालिकाले चलाएको मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु

बालिकाले चलाएको मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु
सुन्नुहोस्

वीरगन्ज : पर्सामा एक बालिकाले हाँकेको मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ। पर्साको बिन्दवासीनी गाउँपालिका-५ प्रसौनीस्थित सडकमा १६ वर्षीया बालिकाले हाँकेको बीआर ०५ ए एस ०४६८ नम्बरको मोटरसाइकलबाट लडेर भारत बिहारको पश्चिमी चम्पारणको भेलाही निवासी ६० वर्षीया सुदामा देवीको मृत्यु भएको हो। 

मोटरसाइकल चालक १६ वर्षीया बालिका पनि भारतीय नै रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले बताए। 

केसीका अनुसार आइतबार बेलुकी भारतको भेलाहीबाट छिमेकी सुदामा देवीलाई पर्साको प्रसौनी गाउँका आफन्तलाई भेट्न लिएर आउँदै गरेको अवस्थामा बालिकाले हाँकेको मोटरसाइकल दुर्घटनामा परेको हो। 

मोटरसाइकल चालक बालिकालाई नियन्त्रणमा लिइएको र देवीको शव पोष्टमार्टमका लागि सोमबार वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको केसीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.