गाउँपालिकामा एम्बुलेन्स खरिद

गाउँपालिकामा एम्बुलेन्स खरिद
सुन्नुहोस्

उदयपुर : नागरिकहरूको स्वास्थ्य सेवा सहजताका लागि उदयपुरको ताप्ली गाउँपालिकाले स्वास्थ्य तथा कृषि एम्बुलेन्स र सार्वजनिक यातायात खरिद गरेको छ। 

बिरामीलाई उपचारका लागि सुविधासम्पन्न अस्पतालसम्म पुर्‍याउन पालिकाले पहिलो पटक एम्बुलेन्स खरिद गरेको हो। यसका साथै विभिन्न वडा र बस्तीका नागरिकहरूलाई पालिकाको केन्द्र रुपाटारसम्म आवतजावतमा सहजताका लागि सार्वजनिक यातायात र किसानलाई लक्षित कृषि एम्बुलेन्स खरिद गरेको छ। 

ग्रामीण भेगमा व्यक्तिले सञ्चालनमा ल्याएका यातायातका साधन आफूखुशी चलाउने र सर्वसाधारण केन्द्रित नदेखिएपछि पालिकाले नै खरिद गरी सञ्चालनको तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माले बताए।

यसअघि पालिकामा उत्पादन भएका कृषिजन्य उत्पादन वजारसम्म पुर्‍याउन दुई वटा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा समेत ल्याइएको उनले बताए। 

अशक्त, अपांगता भएका व्यक्ति, महिला तथा जेष्ठ नागरिकहरूको सहजताका लागि कार्यविधि निर्माण गरी सार्वजनिक यातायात सञ्चालनमा ल्याइने उनले बताए। अध्यक्ष विश्वकर्माले कृषि एम्बुलेन्सले कृषकले उत्पादन गरेको वस्तु सस्तो मूल्यमा कटारी बजार पुर्‍याइदिने भएकाले किसानलाई राहत पुग्ने बताए। 

गाउँपालिकाका उपाध्यक्ष धना मगरले पालिका आफैंमा विकट क्षेत्रमा रहेकाले भनेको बेलामा यातायातका साधन नपाउने, समयमा बिरामीलाई उद्धार गर्न नसक्दा ज्यान नै जान सक्ने र किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बारीमा सड्ने समस्यालाई समाधान गर्न नागरिक केन्द्रित काम सुरु गरेको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.