श्रोत नखुलेको २६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

श्रोत नखुलेको २६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

महोत्तरी : महोत्तरी मटिहानीबाट प्रहरीले श्रोत खुल्न नसकेको २६ लाखभन्दा बढी अवैध रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

मटिहानी नगरपालिका-३ स्थित जनकपुर मटिहानी सडक खण्डमा पर्ने प्रतापी बाबा मन्दिर अगाडिबाट मधुवनी जिल्ला मधवापुरका २६ वर्षीय सुमित साहलाई नियन्त्रणमा लिएको हो।

सादा पोशाकमा खटेको प्रहरीको टोलीले साह सवार रहेको ज १२ प १६४४  नम्बरको मोटरसाइकलको सिटमुनिबाट सो रकम फेला परेको हो।

श्रोत नखुलेको २६ लाख २० हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

थप अनुसन्धान गर्नका लागि राष्ट्रिय अनुसन्धान कार्यालय पथलैया बारा पठाउने प्रकृया भइरहेको प्रहरी प्रवक्ता डीएसपी दिलिपकुमार गिरीले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.