सुदूरपश्चिमका तीन ठुला अस्पताललाई स्वास्थ्य उपकरण वितरण
धनगढी : कैलालीको अत्तरियामा रहेको दुर्गा–दशरथ भट्ट स्मृति प्रतिष्ठानले सुदूरपश्चिमका तीन ठूला अस्पताललाई सवा करोडका उपकरण प्रदान गरेको छ।
प्रतिष्ठानले धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल, डडेलधुरा अस्पताल र महेन्द्रनगरमा रहेको महाकाली अस्पताललाई एक करोड २२ लाख बराबरका स्वास्थ्य उपकरणहरू उपलब्ध गराएको हो।
प्रतिष्ठानका संरक्षक पूर्वमन्त्री लेखराज भट्टले उक्त सामग्री सेती अस्पताल विकास समितिका अध्यक्ष निर्मल शाह, डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर भट्ट र महाकाली अस्पतालका अध्यक्ष कृष्णा नन्द भट्टलाई हस्तान्तरण गरे।
हस्तान्तरण गरिएका उपकरणमा अटोम्याटिक बायोकेमिष्ट्र एनलाईजर, सिएलआईए मेसिन, कल्चर मेसिन र मायोक्रोस्कोपहरू रहेका छन्।
यो पूर्वमन्त्री लेखराज भट्टका बुवा आमाको नामबाट सञ्चालित प्रतिष्ठान हो।