मोरङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मंगलबार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका-४ स्थित ओमसाई पेट्रोल पम्पनजिक बिहान ६:१५ बजेतिर दुर्घटना भएको हो ।

पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३-००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको तेरहौता घर भएका २८ वर्षीय निरज यादवको मृत्युु भएको हो । टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लगिएको थियो । 

अस्पताल पुर्याएको केहीबेरमै यादवलाई चिकित्सकले बिहान ६:५० बजेतिर मृत घोषित गरेको डीएसपी दाहालले बताए । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि सोही अस्पतालमा राखेर घटनाका बारेमा आफन्त एवं परिवारका सदस्यलाई जानकारी गराइएको छ । 

टिपर र चालक झापाको मेची नगर नगरपालिका-११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.