स्नातक तहमा अध्ययनरत छात्राको शुल्क वडाले तिरिदिने
विराटनगर : जहदा गाउँपालिकाको वडा नम्बर ३ ले स्नातक तहमा अध्ययनरत छात्राको शुल्क तिरिदिने भएको छ।
उच्च शिक्षामा छोरीको पहुँच हाम्रो अभियान अन्तर्गत स्नातक तहमा अध्ययनरत वडाका छात्राको सम्पूर्ण खर्च वडाले बेहोर्ने भएको हो।
स्नातक तहमा अध्ययनरत १५ जना छात्रालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण वडाअध्यक्ष अनिल ठाकुरले बताए।