सुनसरीबाट पेस्तोलसहित एक जना पक्राउ

सुनसरीबाट पेस्तोलसहित एक जना पक्राउ
सुन्नुहोस्

विराटनगर : सुनसरीको बर्जुबाट कटुवा पेस्तोल र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

बर्जु गाउँपालिका–६ बेलाहाका १८ वर्षीय राम चौधरीलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए। घरमा पेस्तोल लुकाएर राखेको सूचनाका आधारमा चौधरीलाई पक्राउ गर्नका लागि सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले विशेष टोली परिचालन गरेका थिए। 

इलाका प्रहरी कार्यालय दुहवीबाट इन्सपेक्टर मोहन पोखरेलको नेतृत्वमा खटिएको टोलीले आइतबार राति साढे ११ बजेतिर चौधरीको घरमा छापा हानेको थियो। प्रहरीले घरको कोठामा लुकाएर राखेको अवस्थामा पेस्तोल र एक राउन्ड गोली फेला परेको डीएसपी राईले बताए। 

प्रहरीले घरमा छापा हानेको जानकारी पाएपछि चौधरी फरार भएका थिए। उनलाई सोमबार पक्राउ गरिएको जानकारी राईले दिए। उनका अनुसार लुकिछिपी बसिरहेको अवस्थामा बर्जु गाउँपालिका–५ बाट चौधरी पक्राउ परेका हुन्। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चौधरीले भारतदेखि पेस्तोल ल्याएको पत्ता लागेको छ। ‘साथीसँगको समन्वयमा भारतबाट पेस्तोल ल्याएर घरमा राखेको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘कुन प्रयोजनका लागि हतियार ल्याइएको हो भन्ने यकिन हुन बाँकी छ।’ चौधरीलाई पेस्तोल नेपाल भित्र्याउन सहयोग गर्ने साथीको पहिचान नखुलाएको प्रहरीले उनको खोजी भइरहेको जनाएको छ। 

प्रहरीका अनुसार चौधरी र उनका साथी दुवै जना भारत गएर हतियार खरिद गरी नेपाल ल्याएको पाइयो छ। पक्राउ परेका चौधरीविरुद्ध भने अवैध हातहतियार ओसारपसार एवं भण्डारण मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताए। 

उनका अनुसार हतियारसँग जोडिएका व्यक्तिहरूको विगतको पृष्ठभूमिलगायतका बारेमा पनि अनुसन्धान केन्द्रित गरिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.